अल्मोडा जिल्ला

भारतको जिल्ला हो

अल्मोडा भारतको उत्तराखण्ड राज्यको कुमाऊँ मण्डलको एउटा जिल्ला हो। यस जिल्लाको सदरमुकाम अल्मोडामा अवस्थित छ। यो समुन्द्र सतह देखि १,६३८ मिटर माथि छ। छिमेकी क्षेत्रहरू पूर्वमा पिथौरागढ जिल्ला, पश्चिममा चमौली जिल्ला, उत्तरमा बागेश्वर जिल्ला र दक्षिणमा नैनीताल जिल्लाहरू छन्।

अल्मोडा जिल्ला
उत्तराखण्डमा स्थानको अवस्थिति
उत्तराखण्डमा स्थान
नक्सा
अल्मोडा जिल्ला
निर्देशाङ्क: २९°३५′५०″N ७९°३९′२५″E / २९.५९७१८°N ७९.६५७०°E / 29.59718; 79.6570निर्देशाङ्कहरू: २९°३५′५०″N ७९°३९′२५″E / २९.५९७१८°N ७९.६५७०°E / 29.59718; 79.6570
देश भारत
राज्यउत्तराखण्ड
विभाजनकुमाऊँ मण्डल
सदरमुकामअल्मोडा
क्षेत्रफल
 • जम्मा३०८२ किमी (११९० वर्ग माइल)
उन्नतांश
१६४६ मिटर (५४०० फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा६२२५०६
 • घनत्व२००/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

इतिहास सम्पादन गर्नुहोस्

अल्मोडाको पुरातन सहर कुमाऊँ राज्यको राजधानी थियो, यसको स्थापना हुनु अघि, यो कत्युरी राजा बैचलदेवको कब्जामा थियो। पछि जब चम्पावतमा चन्द वंशको स्थापना भयो, कल्याण चन्दले सन् १५६८ मा यस केन्द्रमा अवस्थित स्थानमा अल्मोडा सहरको स्थापना गरेका थिए। पछि चन्द राजाहरूले कुमाऊँ राज्यको राजधानी चम्पावतबाट अल्मोडामा सारियो।[१]

अल्मोडा सहर कुमाऊँ जिल्लाको प्रशासनिक मुख्यालय थियो; जुन सन् १८१५ मा नेपाल अङ्ग्रेज युद्ध र १८१६ को सुगौली सन्धिमा गोरखा सेनाको पराजयपछि बनेको थियो। त्यसपछि कुमाऊँ जिल्लाले तराई जिल्लालाई बाहेक पूर्ण कुमाऊँ मण्डल बनाएको थियो जसको मुख्यालय काशीपुरमा थियो।[२]

भूगोल सम्पादन गर्नुहोस्

गोरी गङ्गा नदी अल्मोडा जिल्ला हुँदै बग्छ। अल्मोडा सहर पहाडको घोडाको काठी आकारको घेरामा अवस्थित छ। पहाडको पूर्वी भागलाई तालिफात र पश्चिमी भागलाई सेलिफत भनिन्छ। बजार रिजको शीर्षमा छ जहाँ यी दुई, तालिफात र सेलिफत संयुक्त रूपमा समाप्त हुन्छ।

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

सन् २०११ को जनगणना अनुसार अल्मोरा जिल्लाको जनसङ्ख्या ६२२,५०६ छ, लगभग मोन्टेनेग्रो राष्ट्र वा अमेरिकी राज्य भर्मोन्टको बराबर छ। जिल्लाको जनसङ्ख्या घनत्व १९८ बासिन्दा प्रति वर्ग किलोमिटर (५१०/वर्ग माइल) छ।[३] सन् २००१-२०११ को दसकमा यसको जनसङ्ख्या वृद्धि दर −१.७३% थियो। अल्मोडामा प्रत्येक १००० पुरुषको लागि ११३९ महिलाको लिङ्ग अनुपात छ, र साक्षरता दर ८१.०६% छ। अनुसूचित जाति र अनुसूचित जनजातिले जनसङ्ख्याको क्रमशः २२.६८% र ०.२१% ओगटेको छ।[४]

जिल्लाको प्रमुख पहिलो भाषा कुमाउनी हो, जसलाई जनसङ्ख्याको ९०% भन्दा बढीले बोल्ने गर्दछ।[५]

उल्लेखनीय व्यक्तिहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Atkinson, Edwin Thomas (१९८१), The Himalayan gazetteer, Cosmo Publications, ओसिएलसी 833450501 
  2. Martin, Robert Montgomery, History of the Possessions of the Honourable East India Company, Volume 1, पृ: १०७। 
  3. US Directorate of Intelligence, "Country Comparison:Population", मूलबाट १३ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-०१, "Montenegro 661,807 July 2011 est."  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०११ मिति
  4. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३० 
  5. "Table C-16 Population by Mother Tongue: Uttarakhand", www.censusindia.gov.in, Registrar General and Census Commissioner of India