कालपेचक
कालपेचक (Ninox scutulata) मध्य पूर्व देखि दक्षिण एसिया हुँदै दक्षिण चीनसम्म पाइने उल्लुको प्रजाति हो।
कालपेचक | |
---|---|
N. s. burmanica थाइल्याण्डमा र आवाज भारतमा | |
वैज्ञानिक वर्गीकरण | |
Kingdom: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Strigiformes |
परिवार: | True owl |
वंश: | Ninox (Raffles, 1822) |
प्रजाति: | N. scutulata
|
वैज्ञानिक नाम | |
Ninox scutulata (Raffles, 1822) |
विबरण
सम्पादन गर्नुहोस्कालपेचक औपचारिक रूपमा १८२२ मा स्ट्यामफोर्ड राफ्लसद्वारा सुमात्रामा संकलन गरिएको एक नमूना अन्तर्गत वैज्ञानिक नाम Strix scutulata बाट वर्णन गरिएको थियो।
यसका निम्न नौ उप-प्रजातिहरूले आधिकारिकता पाएका छन्:
- N. s. lugubris (टिकल, १८३३) - नेपाल र उत्तर, उत्तरपूर्व र मध्य भारत
- N. s. burmanica, ह्यूम, १८७६ - उत्तरपूर्वी भारतदेखि दक्षिण चीन, इन्डोचाइन र थाइल्याण्ड
- N. s. hirsuta (टेमिक, १८२४) - दक्षिण भारत र श्रीलङ्का
- N. s. isolata,बेकर, इसिएस, १९२६ - कार निकोबार
- N. s. rexpimenti, अब्दुलाली, १९७९ — ग्रेट निकोबार द्वीप
- N. s. scutulata (राफ्लस, १८२२) - मलाय प्रायद्वीप, रियाउ द्वीपसमूह, सुमात्रा र ब्याङ्का द्वीप
- N. s. javanensis स्ट्रेसमन, १९२८ - पश्चिम जाभा
- N. s. borneensis (बोनापार्ट, १८५०) - बोर्नियो र उत्तरी नाटुना टापुहरू
- N. s. palawanensis रिप्ले र राबर, १९६२ - पलवान (पश्चिम फिलिपिन्स)
वितरण तथा वासस्थान
सम्पादन गर्नुहोस्कालपेचक दक्षिण एसियाका राष्ट्रहरू नेपाल, भारत, श्रीलङ्का, भुटान र बङ्गलादेश देखि पश्चिम इन्डोनेसिया र दक्षिण चीनसम्मको क्षेत्रमा वसोबास तथा प्रजनन् गर्ने प्रजाति हो। यसको वासस्थान उष्णकटिबन्ध घना जङ्गल वा क्षेत्र हो। यसले रूखको टोड्कोमा तीनदेखि पाँचवटा अण्डा पार्छ।
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
अण्डा
-
कालपेचकको एक प्रजाति
-
भारतको दार्जिलिङमा पाइएको कालपेचक
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ BirdLife International (२०२१), "Ninox scutulata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2021: e.T२२७२५६४३A२००६८५२२९, अन्तिम पहुँच १ मार्च २०२२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कालपेचक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।