कर्नाटक राज्योत्सव
कर्नाटक राज्योत्सव वा कन्नड राज्योत्सव वा कन्नड दिवस, जसलाई कर्नाटक गठन दिवस वा कर्नाटक दिवस पनि भनिन्छ, प्रत्येक वर्ष १ नोभेम्बरमा मनाइन्छ। सन् १९५६ मा जब दक्षिण भारतका सबै कन्नड भाषाहरू बोल्ने क्षेत्रहरू कर्नाटक राज्यको गठनको लागि समायोजन गरिएको थियो।[३]
कर्नाटक राज्योत्सव | |
---|---|
वैकल्पिक नाम | कन्नड राज्योत्सव, कर्नाटक स्थापना दिवस |
अनुयायी | भारत तथा विदेशमा रहेका कन्नडेलीहरू[१] |
प्रकार | राज्य |
महत्त्व | दक्षिण भारतका कन्नड भाषी क्षेत्रहरूलाई कर्नाटकको रूपमा एकीकरण |
उत्सव | कन्नड झण्डा, जुलुस, सांस्कृतिक कार्यक्रम, राज्योत्सव सम्मान[२] |
मिति | १ नोभेम्बर |
राज्योत्सव मनाउने दिनलाई कर्नाटक राज्यमा सरकारी विदाको रूपमा सूचीबद्ध गरिएको छ [४] र कन्नडेलीहरूद्वारा विश्वभरि मनाइन्छ। कर्नाटक सरकारले राज्योत्सव पुरस्कारका लागि सम्मान सूचीको घोषणा र प्रस्तुतिकरणको साथ चिह्न लगाएको छ। यो उत्सव कर्नाटक सरकारको राज्यपाल र मुख्यमन्त्रीद्वारा कर्नाटकको आधिकारिक झण्डा फहराएर[५] विभिन्न सामुदायिक उत्सवहरू गरेर मनाउने गरिन्छ। [६]
इतिहास
सम्पादन गर्नुहोस्अलरू वेङ्कट राव पहिलो व्यक्ति थिए जसले सन् १९०५ को सुरुमा कर्नाटक एकीकरण आन्दोलनमा राज्यको एकीकरण गर्ने सपना देखेका थिए। [५] सन् १९५० मा, भारत गणतन्त्र भएको थियो र विशेष प्रदेशमा बोल्ने भाषाको आधारमा देशमा विभिन्न प्रान्तहरू गठन गरियो र यसले दक्षिण भारतमा विभिन्न ठाउँहरू सहित मैसूर राज्यलाई जन्म दियो जुन पहिले राजाहरूले शासन गरेका थिए। [४] सन् १९५६ नोभेम्बर १ मा, मैसूर राज्यका पूर्वी राज्य र मैसूर राज्यको अधिकांश क्षेत्रलाई बम्बे र मद्रास रियासतको कन्नड भाषी इलाकामा गाभियो र हैदराबादको रियासत पनि एकीकृत कन्नड निर्माण गर्नका लागि गाभिएको थियो। उत्तर कर्नाटक, मालनाड (क्यानारा) र पुरानो मैसूर नयाँ गठित मैसूर राज्यको तीन क्षेत्रहरू थिए।[स्रोत नखुलेको]
भर्खरै एकीकृत राज्यले सुरुमा 'मैसूर' नाम राख्यो जुन पहिलेको रियासतको नाम थियो जसले नयाँ एकाइको मूल गठन गर्यो[७] तर उत्तर कर्नाटकका जनताले मैसूर नाम राख्नु भनेनन् किनभने यो पहिलेको रियासत र नयाँ राज्यको दक्षिणी क्षेत्रसँग सम्बन्धित थियो। यस तर्कको सन्दर्भमा, सन् १९७३ नोभेम्बर १ मा राज्यको नाम परिवर्तन गरि "कर्नाटक" राखियो। यो महत्वपूर्ण निर्णय लिदा देवराज अर्स राज्यका मुख्यमन्त्री थिए। [८] कर्नाटकको एकीकरणको लागि श्रेय दिएका अन्य व्यक्तिहरूमा के. शिवराम करन्त, कुभेम्पु, मस्ती वेङ्कटेस अय्यङ्गर, एएन कृष्ण राव र बिएम श्रीकान्तैया जस्ता साहित्यकारहरू पर्छन् । [५]
कर्नाटक राज्योत्सवको उत्सव
सम्पादन गर्नुहोस्राज्योत्सव दिवस कर्नाटक राज्य भरमा ठूलो खुशी र उल्लासका साथ मनाइन्छ। राज्यको विभिन्न रणनीतिक स्थानहरूमा रातो र पहेँलो कन्नड झण्डा फहराएपछि र कन्नड गान ('जय भारतठा जननिय तनुजाते') बजाउँदा सम्पूर्ण राज्यले यो दिन उत्सवको रूपमा हेर्दछन्। [९] राज्योत्सवको झण्डा राजनीतिक दलका कार्यालयहरू र धेरै इलाकामा फहराइन्छ साथै विभिन्न क्षेत्रका कन्नड युवाहरूले सवारी साधनमा जुलुस निकाल्छन्। [१०] यस राज्योत्सवमा हिन्दु, मुस्लिम [११] र इसाईहरूले पनि मनाउँछन्। [१२] [१३]
सरकारी जुलुस
सम्पादन गर्नुहोस्राज्य सरकारले यस दिन राज्योत्सव पुरस्कारहरू वितरण गर्ने गर्छ, जसले कर्नाटकको विकासमा स्तरीय र महत्वपूर्ण योगदानका लागि जिम्मेवार व्यक्तिहरुलाई सम्मान गरिन्छ। [४] राज्यका मुख्यमन्त्रीले सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्छन् जुन सामान्यतया बेङ्गलोरको कान्तिरभा रङ्गशालामा गरिन्छ। [१०] पुरस्कार विभिन्न राष्ट्रिय खेलहरूमा पदक जित्ने विद्यार्थीहरूलाई प्रदान गरिन्छ। [१४]
सजाएको गाडीमा देवी भुवनेश्वरीको फोटो झुण्डाएर बहुरङ्गी जुलुससहित उत्सव मनाइन्छ। [१५] नाटक, परम्परागत नृत्य र शास्त्रीय कर्नाटक सङ्गीतका क्षेत्रहरूका लोक कलाकारहरूको प्रदर्शनबाट रङ्गीन जुलुस पनि समुयुकृत गरिन्छ। [४]
निजी प्रतिष्ठानहरू
सम्पादन गर्नुहोस्नोभेम्बर १ का दिन सार्वजनिक बिदा हुने भएकोले, यो हप्ताको निम्न दिनहरूमा व्यावसायिक प्रतिष्ठानहरूमा मनाइन्छ। बेङ्गलोर सहर भरि लगभग सबै कार्यालय र व्यापार प्रतिष्ठानमा कन्नड झण्डा देखिने गरी झण्डोतलन र प्रदर्शित गरिन्छ। [१०] धेरै आइटी कम्पनीहरूको मुख्य केन्द्र भएको हुनाले, [१६] बेङ्गलोरका प्रमुख व्यापारिक फर्महरू जस्तै टिसिएस, आइबिएम, थमसन रायटर, विप्रो, रबर्ट बोस, एसएपी ल्याब, [१७] एक्सेन्चर, अल्काटेल-लुसेन्ट [१८] र इन्फोसिसका[१९] कर्मचारीहरूलाई सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्न प्रोत्साहित गर्ने गर्छन्। आइटी भीडले कार्यस्थलमा कन्नड प्रारूप भएको जर्सी लगाएर उनीहरू उत्सवप्रति समर्थन देखाउँछन्।[२०]शैक्षिक संस्थाहरूले पनि विद्यालयहरूमा झण्डा फहराउने र नादगिठेको प्रस्तुतीकरण गरि त्यस्ता कार्यक्रमहरू आयोजना गर्दछन्। [२१] [२२]
गैर-निवासी कन्नडेली
सम्पादन गर्नुहोस्कर्नाटक बाहेक, भारतको महत्वपूर्ण कन्नडेली जनसङ्ख्या भएको स्थानहरू जस्तै मुम्बई, नयाँ दिल्ली, [२३] गुरुग्राम [२४] र चेन्नईमा यो उत्सव मनाइन्छ।[२५] भारत बाहेक विदेशमा रहेका कन्नड सङ्गठनहरूले संयुक्त राज्य अमेरिका, [२६] ब्रिटेन, सिङ्गापुर, [२७] दुबई, [२८] कतार, [२९] मस्कट, [३०] दक्षिण कोरिया, [३१] अस्ट्रेलिया, [३२] न्युजिल्यान्ड, [३३] स्कटल्यान्ड, [३४] आयरल्यान्ड, [३५] नेदरल्यान्ड [३६] र जर्मनीमा समेत यो उत्सव मनाउने गर्छन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Dubai: Karnataka Sangha Celebrates Karnataka Rajyotsava daijiworld.com
- ↑ Rajyotsava award list soars to 90 The Times of India 31 October 2008
- ↑ "Kannadigas celebrate Karnataka Rajyotsava on Nov 1" news.oneindia.in
- ↑ ४.० ४.१ ४.२ ४.३ Festivals of India – Rajyotsava Day www.festivalsofindia.in
- ↑ ५.० ५.१ ५.२ Karnataka Governor greets people ahead of 'Rajyotsava Day' IBN Live
- ↑ ‘Sacrifice of Kannadigas should be remembered' The Hindu
- ↑ Karnataka – A brief profile » Kannada Rajyotsava
- ↑ Bourah, Maitreyee (2 November 2010) In the dark about Rajyotsava in Bangalore DNA
- ↑ Rajyotsava celebrations delayed The Times of India, 1 November 2007
- ↑ १०.० १०.१ १०.२ The Hindu – Bangalore celebrates State's 55th birthday
- ↑ Muslim youth celebrate Kannada Rajyotsava in Tumkur वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१३ मिति
- ↑ Bangalore: Rajyotsava Celebrations at St Francis Xavier Cathedral www.daijiworld.com
- ↑ Christians celebrate Rajyotsava The Hindu 3 November 2005
- ↑ 53rd Kannada Rajyotsava celebrations The Hindu 2 November 2008
- ↑ Minister Ramdas hoists Kannada flag on Karnataka Rajyotsava The Hindu
- ↑ Information Technology in Karnataka www.karnataka.com
- ↑ SAP Labsನಲ್ಲಿ ನಾಡ ಹಬ್ಬ वेब्याक मेसिन अभिलेखिकरण २५ अप्रिल २०१२ मिति
- ↑ ಅಲ್ಕಟೆಲ್ ಲ್ಯೂಸೆಂಟ್ ನಲ್ಲಿ ನಾಡಹಬ್ಬ kannada.oneindia.in
- ↑ Rajyotsava at Infosys The Hindu 29 November 2008
- ↑ On Rajyotsava, say ‘Kannada Baruthe’ वेब्याक मेसिन अभिलेखिकरण २८ अक्टोबर २०११ मिति
- ↑ Karnataka Rajyotsava at Gopalan International School schools.papyrusclubs.com
- ↑ Mohan Kumar, BN (2 November 2010) 55th Kannada Rajyotsava celebrations DNA
- ↑ Karnataka Rajyotsava celebrated in New Delhi Yahoo! 1 November 2010
- ↑ ಗುರ್ಗಾಂವ್ನಲ್ಲಿ ಕರ್ನಾಟಕ ರಾಜ್ಯೋತ್ಸವ ಆಚರಣೆ (in Kannada) kannada.oneindia.in
- ↑ Rajyotsava celebrations conducted in Chennai www.naavi.org
- ↑ ಸಿಯಾಟಲ್ ನಲ್ಲಿ ದೀಪಾವಳಿ ಮತ್ತು ರಾಜ್ಯೋತ್ಸವ (in Kannada) kannada.oneindia.in
- ↑ ಸಿಂಗಪುರದಲ್ಲಿ ಕನ್ನಡ ರಾಜ್ಯೋತ್ಸವದ ಸಿಂಗಾರ (in Kannada) kannada.oneindia.in
- ↑ "Kannada Koota UAE to Celebrate Kannada Rajyotsava on Nov 13" www.daijiworld.com
- ↑ Doha: Karnataka Sangha Qatar to Celebrate Rajyotsava Day www.daijiworld.com
- ↑ Gurukiran enthrals audience at Rajyotsava celebrations in Muscat www.coastaldigest.com
- ↑ ಕೊರಿಯ ಕನ್ನಡ ಕೂಟದ ಕನ್ನಡ ಕರೆಯೋಲೆ (in Kannada) kannada.oneindia.in
- ↑ ಅಡಿಲೇಡ್ ಕನ್ನಡಿಗರ ಸಂಭ್ರಮದ ರಾಜ್ಯೋತ್ಸವ (in Kannada) kannada.oneindia.in
- ↑ ರಾಜ್ಯೋತ್ಸವ : ನ್ಯೂಜಿಲೆಂಡ್ ಕನ್ನಡಿಗರಿಂದ ರಕ್ತದಾನ (in Kannada) kannada.oneindia.in
- ↑ ಸ್ಕಾಟ್ಲಂಡ್ ಕರ್ನಾಟಕ ಸಂಘದ ಕನ್ನಡ ಡಿಂಡಿಮ (in Kannada) kannada.oneindia.in
- ↑ ಐರಿಶ್ ಕನ್ನಡಿಗರ ಹಬ್ಬ 2010 (in Kannada) kannada.oneindia.in
- ↑ [१]