मुख्य सूची खोल्नुहोस्
औरंगजेब

अबुल मुजफ्फर मुहिउद्दीन मुहम्मद औरंगजेब आलमगीर (४ नोभेम्वर १६१८ - ३ मार्च १७०७) जसलाई सामान्यतया: औरंगजेब वा आलमगीर (स्वंयलाई दिएको शाही नाम जसको अर्थ हुदछ विश्व विजेता)को नामबाट जानिन्थ्यो भारतमा राज्य गर्ने छट्टौ मुगल शासक थिए । उनको शासन १६५८ देखी लिएर १७०७ मा उनको मृत्यु हुदासम्म चल्यो।

औरंगजेबले भारतीय उपमहाद्वीपमा आधा शताब्दीदेखी भन्दा ज्यादा समय सम्म राज्य गरे । उनी अकबर पछी सबभन्दा ज्यादा समय सम्म शासन गर्ने मुगल शासक थिए । आफ्नो जीवनकालमा उनले दक्षिणी भारतमा मुगल साम्राज्यको विस्तार गर्ने भरसक प्रयास गरे । तर उनको मृत्यु पश्चात मुगल साम्राज्य खुम्चिन थाल्यो ।

औरंगजेबको शासनमा मुगल साम्राज्य आफ्नो विस्तारको चरमोत्कर्षमा पुग्यो । उनी आफ्नो समयको शायद सबभन्दा धनी र शातिशाली व्यक्ति थिए जसले आफ्नो जीवनकालमा दक्षिण भारतमा प्राप्त विजयको आधारमा मुगल साम्राज्यलाई साढे बारह लाख वर्ग मील मीलमा फैलाए र १५ करोड मानिसहरू माथि शासन गरे जो की विश्वको जनसङ्ख्याको १/४ थियो ।

औरंगजेबले पुरै साम्राज्यमा फतवा-ए-आलमगीरी (शरियत वा इस्लामी कानुनमा आधारित) लागू गरे र केही समयको लागी गैर-मुस्लिमहरू माथि अतिरिक्त कर पनि लगाए । गैर-मुसलमान जनता माथि शरियत लागू गर्ने उनी पहिला मुसलमान शासक थिए । उनले थुप्रै हिन्दू धार्मिक स्थलहरूलाई नष्ट गरे र गुरू तेग बहादुरको हत्या गराई दिए ।

सत्तासनसम्पादन

मुगल प्रथा अनुसार, शाहजहाँले १६३४ मा औरंगजेबलाई दक्कनको सूबेदार नियुक्त गरे । औरंगजेब किरकी (महाराष्ट्र) गए जसको नाम बदलेर त्यसलाई औरंगाबाद गरे । १६३७ मा उनले रबिया दुर्रानी सँग विवाह गरे । यता शाहजहाँ मुगल दरबारको कामकाज आफ्नो छोरा दारा शिकोहलाई जिम्मा लगाउन लागे । १६४४ मा औरंगजेबको बहिनी एक दुर्घटनामा जलेर मरिन । औरंगजेब यस घटनाको तीन हफ्ता पछी आगरा आए जसबाट उनको पिता र शाहजहाँलाई क्रोध आयो । उनले औरंगजेब दक्कनलाई सूबेदारको पदबाट हटाई दिए । औरंगजेब ७ महीनासम्म दरबार आउन सकेनन । पछी शाहजहाँले उनलाई गुजरातको सूबेदार बनाए । औरंगजेबले सुचारू रूपबाट शासन गरे र उनलाई यसको सिला पनि प्राप्त भयो - उनलाई बदख्शान (उत्तरी अफगानिस्तान) र बाल्ख (अफगान-उज्बेक) क्षेत्रको सूबेदार बनाईयो ।

यस पछी उनलाई मुल्तानसिंधको पनि गवर्नर बनाईयो । यस पछि उनी फारसको सफवियों बाट कंधार माथी नियंत्रणको लागी लडिरहे तर उनलाई हार बाहेक अरु केही मिलेको थियो भने त्यो हो - आफ्नो पिताको उपेक्षा । १६५२ मा उनलाई दक्कनको सूबेदार फेरी बनाईयो । उनले गोलकोंडाबीजापुरको विरुद्ध लडाई गरे र निर्णायक क्षणमा शाहजहाँले सेना फिर्ता बोलाए । यसबाट औरंगजेबलाई धेरै ठेस पुग्यो किनकी शाहजहाँ यस्तो कार्य उनको भाई दारा शिकोहको भनाई अनुसार गरिरहेका थिए ।

सत्तासंघर्षसम्पादन

सन् १६५२ मा शाहजहा बीरामी भए र यस्तो लाग्न लागो कि शाहजहाँको मृत्यु निकट छ । दारा शिकोह, शाह सुजा र औरंगजेबमा सत्ता संघर्ष चल्न लागो । शाह सुजा, जसले आफुलाई बङ्गालको गवर्नर घोषित गराएका थिए उनलाई हाराएर बर्माको अराकान क्षेत्र जानुपर्यो र १६५९ मा औरंगजेबले शाहजहाँलाई कैद गरेपछी आफ्नो राज्याभिषेख गराए । दारा शिकोहलाई फाँसी दिइयो। यसो भनिन्छ की शाहजहाँलाई मार्नको लागी औरंगजेबले दुई पटक विष पठाए । तर जुन हकीमबाट उनले विष पठाएका थिए ऊ शाहजहाँको वफादार थिए र शाहजहाँला विष दिनु सट्टा उनी आफैले विष पिए।

शासक औरंगजेबसम्पादन

मुगल, सामान्यतया अकबरको पालो पछी , गैर-मुस्लिमहरूमा का प्रति उदार भएका थिए तर औरंगजेब उनको ठीक बिपरित् थिए। औरंगजेबले जजिया कर फेरी आरंभ गराए, जसलाई अकबरले समाप्त गरिदिएका थिए। उनले कश्मीरी ब्राह्मणहरूलाई इस्लाम स्विकार गर्न बाध्य पारे । कश्मीरी ब्राह्मणहरूले सिखहरू को नवौ गुरू तेगबहादुर सँग मदद मागे। तेगबहादुरले यसको विरोध गरे तब औरंगजेबले उनलाई फांसीमा झुण्डाई दिए। यस दिनलाई सिख आज पनि आफ्नो चाडमा याद गर्दछन।

साम्राज्य विस्तारसम्पादन

औरंगजेबको शासनभर युद्ध-विद्रोह-दमन-चढाई इत्यादिको तांता लागी रह्यो । पश्चिममा सिक्खहरूको संख्या र शक्तिमा बढोत्तरी भै रहेको थियो । दक्षिणमा बीजापुर र गोलकुंडाको अंततः उसले जिते तर त्यही फेरी शिवाजीको मराठा सेनाले उनलाई निकै उदास गरिरहेका थिए । शिवाजीलाई औरंगजेबले गिरफ्तार त गरे तर शिवाजी र साम्भाजी भाग्नाले उनको लागी तिब्र चिन्ताको कारण बन्यो । अन्त्यमा शिवाजी महाराजाले औरंगजेबलाई हराए र भारतमा मराठाहरूले पुरै देशमा आफ्नो ताकत बढाए शिवाजीको मृत्यु पछी पनि मराठाहरूले औरंगजेबलाई दुख: दिए।

औरंगजेबको हिन्दुहरूलाई इस्लाममा परिवर्तित गर्ने नीतिले गर्दा राजपूतहरू उनको विरुद्ध भएका थिए र उनी सन १७०७ मा मरेपछी तत्कालै उनीहरूले विद्रोह सुरु गरे।