घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने साबिकको उत्तरकन्या गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउापालिका–३ मा अवस्थित रहेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो[१]

घले गाउँ
पर्यटकिय गाउँ,
हिमालको काखमा रहेको घलेगाउँ
हिमालको काखमा रहेको घलेगाउँ
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लालमजुङ
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

नामाकरण र इतिहाससम्पादन

चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तिनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो । साथै उनै राजाको सम्मान स्वरूप गाउँमा घले राजाको मूर्ति समेत बनाइएको छ ।[२]

संस्कृति तथा परम्परासम्पादन

परम्परागत गुरुङ सस्कृती, घांटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो ।

पर्यटकीय दृष्टिकोणसम्पादन

 
घले गाउँको एक दृष्य

नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यस गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । घले गाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।

सम्पदाहरूसम्पादन

गाउँमा उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा अवस्थित रहेका छन् ।

होमस्टे व्यवस्थासम्पादन

यस घले गाउँमा गुरुङका ८० र दलितका ४५ घरहरू रहेका छन् । वि.सं. २०५७ सालमा १२ घरबाट होमस्टे सुरु गरिएकामा हालसम्म (२०७५ सम्म) ३२ घरमा होमस्टे गराइएको छ । जसमध्ये दुई घर दलितका बाहेक बाँकी सबै गुरुङ जातिको घरमा होमस्टेको व्यवस्था गरिएको छ । होमस्टेमा एकै रात दुई सय जना अटाउाछन् । एवम् घरघरमा वाइफाई सुविधा समेत रहेको छ ।

यातायात व्यवस्थासम्पादन

घलेगाउँ पुग्न लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरबाट ३ घण्टाको कच्ची सडकमा मोटर यात्रा गर्नुपर्छ । राजधानी सहर काठमाडौंबाट बेशिसहर १७२ किमिको दूरीमा रहेको छ । यस्तै बेशिसहर देखि घले गाउँ २४ किमिको दूरीमा अवस्थित रहेको छ । बेशीसहरबाट जिप रिजर्भ गरेर गाउँ जान सकिन्छ । तर बेशिसहरबाट घले गाउँ हिडेर जाँदा लगभग ६ घन्टा लाग्छ ।

सन्दर्भ सामाग्रीहरूसम्पादन

  1. "घले गाउँ: नेपालीहरूको मन लोभ्याउँदै", दैनिक नेपाल, अन्तिम पहुँच २०७५ जेठ ७ गते १४:५१ 
  2. भादगाउँले, अमृत (१३ असार २०७७), "घलेगाउँ", नागरीक, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य कडीँहरूसम्पादन