अम्बर गुरुङ

अम्बर गुरुङ (जन्म विसं १९९४-२०७३) नेपाली सांगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुन्। उनले सयौं नेपाली गीतमा संगीत भरेका छन्। उनी खास गरी नेपालको राष्ट्रिय गान सयौं थूंगा फूलकाको संगीतकारको रूपमा परिचित छन्।

अम्बर गुरूङ
Amberrr.jpg
अम्बर गुरूङ गायनमा
जन्म(१९३८-०२-२६)फेब्रुअरी २६, १९३८
दार्जिलिङ, भारत
मृत्यु७ जुन २०१६(२०१६-०६-०७) (७८ वर्ष)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशासंगीत


बाल्यकालसम्पादन

अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १४ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रूपमा भारतको दार्जिलिङको मिलिङ कमानमामा भएको थियो।[१]उनका बुबामात्र होइन, हजुरबुबा देवराज गुरुङ पनि सेनामा जागीर खान्थे। अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।[२]

तीन छोरा : किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङ हुन्। ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशकसमेत रहेका गुरुङ काठमाडौँको महाराजगञ्ज चक्रपथ नजिकै बसोबास गरे।

गायन तथा संगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्ताबाट दुई गीत 'म अम्बर हुँ' र 'सम्हालेर राख'बाट गीतिलेखन प्रारम्भ गरेका हुन्। संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रच्नुभएको गीत रेकर्ड गरेका थिए- 'नौ लाख तारा उदाए'। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि यही गीत नेपालीले धेरै मन पराए।

राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। उनी वि.सं. २०२५ सालमा नेपाल आए। वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्‍याएपछि गुरुङ नेपाल आएर बसे।

वि.सं. २०२६ मा संगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भए। संगीत प्रमुख, संगीतसंयोजक र संगीत निर्देशक भएर वि.सं. २०५४मा अवकाश पाए। उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा सँगीतांकन गरेका छन्। उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मङ्गलेमा समेत संगीत दिएका छन्। उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसंगीत र पार्श्व संगीत दिएका छन्। त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पार्श्वसंगीत,स्वर दिएका छन्।

नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामी लाई अम्बर गुरुङले संगीत दिएका हुन्।

कृतिहरूसम्पादन

  • अक्षरका आवाजहरू (गीतिसङ्ग्रह, २०६०/प्रकाशकः तलेजु धनकुमारी कोष)
  • कहाँ गए ती दिनहरू (संस्मरण, निबन्ध, २०६३/रत्न पुस्तक भण्डार, सम्पादकः देवेन्द्र भट्टराई)
  • कहिले लहर कहिले तरङ्ग (गीति क्यासेट)
  • सम्हालेर राख (संयुक्त गीतिसङ्ग्रह, २०६९)

पुरस्कारसम्पादन

१ जनवरी २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले आयोजना गरेको "अम्बर गुरुङ रात्री" मा आयोजकका तर्फबाट संगीतकार गुरुङलाई अभिनन्दन गर्दै "महासंगीतकार" को घोषणा गरियो। विगत पाँच दशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत विसं २०५४ सालको जगदम्बाश्री पुरस्कार पाए।

उनले २०२८ सालमा गोरखा दक्षिण बाहु चौथो, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलिङबाट रु. १ लाख नगद प्रमाणपत्र, विसं २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार पाए। [३]

सन्दर्भ सामग्रीहरू:सम्पादन

  1. घिमिरे, शिखर (२७ जेठ २०७३), "अस्ताए ‘नौ लाख तारा’", नयाँ पत्रिका, अन्तिम पहुँच १० जुन २०१६ 
  2. "वरिष्ठ संगीतकार अम्बर गुरुङ रहेनन्", सेतोपाटी, २५ जेठ २०७३, अन्तिम पहुँच १० जुन २०१६ 
  3. "अम्बर गुरुङ रहेनन्", उज्यालो अनलाइन, २५ जेठ २०७३, अन्तिम पहुँच १० जुन २०१६ 

बाहिरी लिङ्कहरूसम्पादन