हेलो इङलिस अङ्ग्रेजी भाषा सिक्नका लागि सृजना गरिएको एक अनुप्रयोग हो, जसले प्रयोगकर्ताहरूलाई अन्तर्क्रियात्मक मोड्युलहरू मार्फत अङ्ग्रेजी भाषा सिक्न अनुमति दिन्छ। [४][५][६][७] जनवरी, २०१७ सम्ममा, अनुप्रयोगले १ करोड ५० लाख सुर्ध्वभरण पार गरेको थियो। यसले भुक्तान मूल्य निर्धारण नमूनामा सेवा सञ्चालन गर्दछ।[३] यसको सामग्रीहरू अनुप्रयोगमा एन्ड्रोइड, आइओएस र विन्डोज मार्फत उपलब्ध छ भने सामग्रीहरू वेब मार्फत पनि उपलब्ध छन्। कम्पनीको प्रधान कार्यालय भारतको जयपुरमा अवस्थित छ।[८][९]

हेलो इङलिस
साइटको प्रकार
निजी
उपलब्ध भाषा२२ भाषाहरू
संस्थापित२०१४; १० वर्ष अघि (२०१४)
मुख्यालयहरूजयपुर,
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)निशान्त पटानी
प्रन्शु पटानी
उद्योगइ-शिक्षण, अनलाइन शिक्षा
अभिभावकइनट्याप ल्याब्स निजी लिमिटेड
युआरएलआधिकारिक वेबसाइट
दर्ताआवश्यक
प्रयोगकर्ताहरू५० मिलियन (सेप्टेम्बर २०१९)[३]
चालु भएको मितिअक्टोबर 2014; ९ वर्ष अघि (२०१४-१०)
वर्तमान स्थितिचालू

इतिहास सम्पादन गर्नुहोस्

हेलो अङ्ग्रेजी अक्टोबर २०१४ मा कल्चर एलीद्वारा सुरू गरिएको थियो।[१०] यो एक प्राविधिक कम्पनी हो जसलाई केललग व्यवस्थापन विद्यालय र भारतीय प्रविधि संस्थान बम्बईका पूर्व छात्र निशान्त पाटनी र नर्सि मनोज इन्स्टिच्युट अफ म्यानेजमेण्ट ष्टडिजका पूर्व छात्र प्रन्सु पटानीले संयुक्त रूपमा डिसेम्बर २०१२ मा स्थापना गरेका थिए।[२][५][११][१२][१३] यो जयपुरमा आधारित इण्ट्याप ल्याब निजी लिमिटेड अन्तर्गत सञ्चालित छ।[१४][१५][१६]

कोष सङ्कलन सम्पादन गर्नुहोस्

मञ्चले मार्च २०१५ मा न्यु योर्कमा आधारित उद्यम पूँजी कम्पनी टाइगर ग्लोबल म्यानेजमेनण्टको नेतृत्वमा कोष सङ्कलनको पहिलो चरणमा ६० लाख ५० हजार अमेरिकी डलर सङ्कलन गरेको थियो।[१७][१८][१९][२०] अन्य सहभागीहरूमा साशा मिरचन्दानीको नेतृत्वमा केई क्यापिटल र ५०० स्टार्टअप्स, क्यालिफोर्निया समावेश थिए। अन्य उल्लेखनीय प्रमुख लगानीकर्ताहरूमा राजन आनन्दन र सुनील कालरा पर्दछन्। सन् २०१३ मा, मञ्चले यसभन्दा पहिले केई क्यापिटलबाट अज्ञात रकम जुटाएको थियो। [२१]

विशेषता सम्पादन गर्नुहोस्

अनुप्रयोगमा ४७५ अन्तर्क्रियात्मक पाठ र पढ्ने, लेख्ने, बोल्ने र सुन्नेसँग सम्बन्धित खेलहरू पनि रहेका छन्। योसँग दोभाषे शब्दकोश रहेको छ जुन २२ नेपाली सहित २२ वटा भाषाहरूमा उपलब्ध छ।[४][२२]

पुरस्कार तथा मान्यताहरू सम्पादन गर्नुहोस्

१) सन् २०१७: भारतमा गुगल प्ले ष्टोरमा शीर्ष तेस्रो शैक्षिक अनुप्रयोग[२३]

२) सन् २०१६: यसले भारतको इण्टरनेट र मोबाइल सङ्घ (आइएएमएआई)बाट भारतको सबैभन्दा अभिनव मोबाइल अनुप्रयोगको लागि मान्यता लागि प्राप्त गरेको थियो। [२४][२५][२६]

३) सन् २०१६: सन् २०१६ को गुगल प्ले ष्टोरद्वारा "भारतमा बनेको" श्रेणीमा सर्वश्रेष्ठ अनुप्रयोगहरू

४) सन् २०१५: हेल्लो इङ्लिसका सह संस्थापक, प्रन्सु पाटनी हेलो इङ्लिस अनुप्रयोग सृजना गरेका कारण फोर्ब्स ३० वर्ष मुनिका उपलब्धिकर्ताहरूको रूपमा सूचीबद्ध भएका थिए।[५]

५) सन् २०१५: भारतमा गुगल प्ले स्टोरमा शीर्ष उत्कृष्ट शैक्षिक अनुप्रयोग [२][२७] ६) सन् २०१४: यसले भारतको इण्टरनेट र मोबाइल सङ्घ (आइएएमएआई)बाट भारतको सबैभन्दा अभिनव मोबाइल अनुप्रयोगको लागि मान्यता लागि प्राप्त गरेको थियो। [२८][२९]

सन् २०१५: एप एनीका अनुसार, यो ८ जुलाई २०१५ सम्ममा भारतमा ९८ औँ सबैभन्दा डाउनलोड गरिएको अनुप्रयोग पनि बनेको थियो।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ मथुर, विशाल (जुलाई ८, २०१५), "Apps for learning English", लाइभ मिण्ट। 
  2. २.० २.१ २.२ जुल्का, हरसिमरन (जुलाई ८, २०१५), "How CultureAlley's app Hello English became number 1 on Google Play store in India in just 8 months", द इकोनोमिक टाइम्स। 
  3. ३.० ३.१ धवन, आषिश (जनवरी ६, २०१७), "2017 Wishlist: Five Critical Reforms To Dramatically Improve The Quality Of Our School Education", स्वराज्य। 
  4. ४.० ४.१ "इन ऐप्स से आप राह चलते-चलते भी आसानी से सीख सक ते हैं अंग्रेजी, फ्री हैं उपलब्ध हैं यह सभी ऐप्स" (हिन्दीमा), जनसत्ता, मार्च २९, २०१७। 
  5. ५.० ५.१ ५.२ Chaudhary, Deepti (फेब्रुअरी ११, २०१५), "Pranshu Patni: The dispenser of languages", फोर्ब्स भारत।  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १७, २०१९ मिति
  6. "Need education system that enables thought, says Niti Aayog CEO", गुरुग्राम: द टाइम्स अफ इण्डिया, अप्रिल २९, २०१७। 
  7. "नंबर वन ऐप बन गया भारत का हेलो इंग्लिश ऐप" (हिन्दीमा), नवभारत टाइम्स, जुलाई ९, २०१५। 
  8. अहास्कर, अभिजित (अप्रिल ११, २०१७), "Apps bridging the language divide", लाइभ मिण्ट।  वेब्याक मेसिन अभिलेखिकरण मार्च ५, २०१८ मिति
  9. "इन ऐप्स से हफ्ते भर में सीख सकते हैं इंग्लिश, FREE में करें डाउनलोड" (हिन्दीमा), डेली भास्कर, जुलाई ५, २०१६। 
  10. "7 Indian EdTech Startups You Should Know About", एनडिटिभी, फेब्रुअरी १९, २०१६। 
  11. "How Two Youngsters are Helping India Learn English", एनडिटिभी, जुन २९, २०१६। 
  12. "जयपुर के इस Hello app ने दी whatsapp को टक्कर" (हिन्दीमा), पञ्जाव केसरी, जुलाई ८, २०१५। 
  13. बेहल, रिमा (जुलाई ६, २०१६), "Say hello to the new way of learning English", फेमिना (भारत)।  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २८, २०१८ मिति
  14. "Company Overview of Intap Labs Pvt. Ltd.", ब्लुमबर्ग, अन्तिम पहुँच जुन ९, २०१७ 
  15. शर्मा, दिशा (अक्टोबर २३, २०१५), "Software to stone art come together as the Pink City lures startups", भिसि सर्कल। 
  16. "These startups are betting on 'desi ideas' to grow", डेली हण्ट, फेब्रुअरी १७, २०१७। 
  17. पाई, विवेब (जुलाई ६, २०१५), "CultureAlley raises $6.5M from Tiger Global, 500 Startups & KAE", मिडियानामा। 
  18. गुप्ता, भावना (जुलाई ३, २०१५), "Language learning startup CultureAlley raises $6.5M from Tiger Global, others", भिसि सर्कल। 
  19. म्याकइनटायर, काइली (नोभेम्बर १३, २०१५), "How a startup is getting India to say ‘Hello English’", टेक इन एसिया। 
  20. "10 top-funded edtech startups bucking the trend in India this year (INFOGRAPHIC)", टेक इन एसिया, डिसेम्बर २, २०१५। 
  21. Gulati, Sonam (मे २२, २०१३), "Kae Capital picks up minority stake in CultureAlley.com", भिसि सर्कल। 
  22. "इन ऐप्स की मदद से स्मार्टफोन के जरिए सीखिए इंग्लिश" (हिन्दीमा), नवभारत टाइम्स, मार्च २०, २०१६। 
  23. "Android rating stats in category Education", एन्ड्रोइड रेङ्क, अन्तिम पहुँच जुन ९, २०१७  वेब्याक मेसिन अभिलेखिकरण मार्च २९, २०१८ मिति
  24. थाकरन, शेखर (डिसेम्बर २, २०१६), "Google Play Reveals 'Best of 2016' Apps, Games, Books, Movies, TV Shows", एनडिटिभी। 
  25. Shekhar, Sidharth (डिसेम्बर ७, २०१६), "ixigo Train app Awarded the Best ‘Made in India’ app by Google", पिसि क्वेष्ट। 
  26. Ahmed, Munzir (डिसेम्बर २८, २०१६), "गूगल प्ले स्टोर से 2016 में इन एंड्रॉयड ऐप्स को सबसे ज्यादा किया गया डाउनलोड" (हिन्दीमा), नयाँ दिल्ली: आज तक। 
  27. Julka, Harsimran (जुलाई ८, २०१५), "Hello English number 1 app on Google Play store in India", इटि टेलिकम। 
  28. "IAMAI announces winners of 5th India Digital Awards", बेष्ट मिडिया इन्फो, जनवरी १६, २०१५। 
  29. "About the Nominee: Pranshu Bhandari Patni", एनडिटिभी, फेब्रुअरी ११, २०१६। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्