सुन्दरबजार नगरपालिका
सुन्दरबजार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा लमजुङ जिल्लामा सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडा र कुन्छा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर सुन्दरबजार नगरपालिका घोषणा गरिएको हो।[३][४] सुन्दरबजार नगरपालिकाको केन्द्रभने साविकको सुन्दरबजार गाविसको भवन रहको छ।[२] लमजुङ जिल्लाको दोस्रो प्रमुख बजार सुन्दरबजारमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको लमजुङ क्याम्पस रहेको छ। नगरपालिकाको घोषणा र क्षेत्र विस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
सुन्दरबजार नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | लमजुङ जिल्ला |
स्थापना | मंसिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | ४३.३ किमी२ (१६.७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,४७५ |
• घनत्व | ४७०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६६ |
वेबसाइट | www.sundarbazarmun.gov.np |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
सुन्दरबजार नगरपालिका साविकका सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडा र कुन्छा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा सुन्दरबजार नगरपालिकाको कूल जनसङ्ख्या २०,४७५ हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |