सीवान अथवा सिवान गणतन्त्र भारतको बिहार प्रान्तमा सारण प्रमंडल अन्तर्गत एक जिल्ला तथा शहर हो। यो बिहारको उत्तर पश्चिमी किनारामा उत्तर प्रदेशको सीमावर्ती जिल्ला हो। जिल्ला सदरमुकाम सिवान शहर दाहा नदी किनारामा बसेको छ। यसको उत्तर तथा पूर्वमा क्रमश: बिहारको गोपालगंज तथा सारण जिल्ला तथा दक्षिण एवं पश्चिममा क्रमश: उत्तर प्रदेशको देवरियाबलिया जिल्ला छन्। भारतको प्रथम राष्ट्रपति डा॰ राजेन्द्र प्रसाद तथा कतिपय अग्रणी भारतीय स्वतन्त्रता सेनानिहरूको जन्मभूमि एवं कर्मस्थलीको लागि सिवानको नाम जानिन्छ।

सीवान जिल्ला
सीवान जिला ضلع سیوان
बिहारको नक्सामा सीवान जिल्लाको अवस्थिति
बिहारको नक्सामा सीवान जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनसारण
सदरमुकामसिवान, बिहार
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रसिवान
 • विधानसभा क्षेत्रसिवान, जीरादेई, दरौली, रघुनाथपुर, दारौंदा, बरहरिया, गोरियाकोठी, महाराजगंज
क्षेत्रफल
 • जम्मा२,२१९ किमी (८५७ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३,३१८,१७६
 • घनत्व१५००/किमी (३९००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ७१.५८  %
 • लिङ्ग अनुपात९८४
वेबसाइटआधिकारिक वेवसाईट

सिवानको नामाकरण मध्यकालमा यहाँको राजा 'शिव मान'को नामबाट भएको हो। उनको पूर्वजहरू बाबर यहाँ आउने बेला सम्म शासन गरी रहेको थिएँ। यसको एउटा अनुमण्डल महाराजगंजमा छ जसको नाम यस क्षेत्रमाथि राज गरिरहेको महाराजाको घर अथवा किला स्थित हुनाले पडेको छ। यस जिल्लालाई एउटा सामंत अली बक्शको नामले गर्दा पनि यसलाई अलीगंज सिवान पनि भनिन्छ।

पाँचौँ सदी ईसापूर्वमा सिवानको भूमि कोसल महाजनपदको अङ्ग थियो। कोसल राज्यको उत्तरमा नेपाल, दक्षिणमा सर्पिका (साईं) नदी, पूर्वमा गण्डक नदी तथा पश्चिममा पांचाल प्रदेश थियो। यस अन्तर्गत आजको उत्तर प्रदेशको फैजाबाद, गोंडा, बस्ती, गोरखपुर तथा देवरिया जिलाको अतिरिक्त बिहारको सारण क्षेत्र (सारणमा, सिवान एवं गोपालगंज पनि) आठौँ शताब्दीमा यहाँ बनारसको शासकहरूको आधिपत्य थियो। १५औँ शताब्दीमा सिकन्दर लोदीले यहाँ आफ्नो अधिपत्य स्थापित गर्‍यो। बाबरले आफ्नो बिहार अभियानको बेला सिसवां नजिकघाघरा नदी पार गरेको थियो। पछि यो मुगल शासनको हिस्सा भई हालो। अकबरको शासनकालमा लेखियेको आईना-ए-अकबरीको विवरण अनुसार कर सङ्ग्रहको लागि बनाईएको ६ सरकारहरू मध्ये सारण वित्तीय क्षेत्र एउटा थियो र यस अन्तर्गत वर्तमान बिहारको हिस्साहरू आउ थियो।

१७औँ शताब्दीमा व्यापारको उद्देश्यले यहाँ डचहरू आए तर बक्सर युद्धमा विजय पछि सन १७६५ मा अङ्ग्रेजहरूलाई यहाँको दिवानी अधिकार प्राप्त भयो। १८२९ मा जब पटनालाई प्रमंडल बनाईयो तब सारण र चंपारणलाई एउटै जिल्ला बनाएर संगै राखियो। १९०८ मा तिरहुत प्रमंडल बने पछि सारणलाई यस संगै गरी यस अन्तर्गत गोपालगंज, सिवान तथा सारन अनुमंडल बनाईयो। १८५७ को क्रांतिदेखि लिएर स्वतन्त्रता प्राप्त हुने बेला सम्म सिवानको निर्भीक र जुझारु मानिषहरूले अङ्ग्रेजी सरकार विरुद्ध आफ्नो लडाइँ लडे। १९२० मा असहयोग आन्दोलनको बेला सिवानको ब्रज किशोर प्रसादले पर्दा प्रथाको विरोधमा आन्दोलन चलाएका थिएँ। १९३७ देखि १९३८ बीच हिन्दीको मूर्धन्य विद्वान राहुल सांकृत्यायनले किसान आन्दोलनको आधार सिवानमा राखेको थिएँ। भारतको स्वतन्त्रताको लडाइँमा यहाँको मजहरूल हक, राजेन्द्र प्रसाद, महेन्द्र प्रसाद, फूलेना प्रसाद जस्तो महान सेनानिहरूले पुरै देशमा बिहारको नाम उच्च पारेका छन्। स्वतन्त्रता पश्चात १९८१ मा सारणलाई प्रमंडलको दर्जा प्राप्त भयो। जून १९७० मा बिहारमा त्रिवेदी एवार्ड लागु भएपछि सिवानको क्षेत्रहरूमा परिवर्तन गरियो। सन १८८५ मा घाघरा नदीको बहाव स्थिति अनुसार लगभग १३००० एकड भूमि उत्तर प्रदेशलाई स्थानान्तरित गरियो जबकि ६६०० एकड जमिन सिवानलाई प्राप्त भयो। १९७२ मा सिवानलाई जिल्ला (मंडल) बनाईयो।

सिवान जिल्लाको भू-भाग लगभग समतल छ र उत्तर बिहारमा अरु जिल्लाहरू भन्दा उच्च भूमी छ। बरसाद आउँदा बिहारको उत्तरमा रहेको नेपालको पहाड-हिमालबाट पानी बगेर उत्तर बिहारमा बाढी आउँदा सिवानको स्थिति उत्तर बिहारमा सबभन्दा राम्रो हुन्छ, हालाकि यहाँको नदी नाला पानीले खचाचखच भरेको हुन्छ तथा केही सीमावर्ती क्षेत्रमा डुबाउ हुन्छ।

सिवान जिल्लामा दुई अनुमण्डलहरू छन्।

  1. सिवान
  2. महाराजगंज

सिवान जिल्लामा निम्न प्रखण्डहरू छन:

सिवानमा भिन्न भिन्न जाति, समाज, वर्गको मान्छेहरू भिन्न भिन्न प्रकारका वस्त्र धारण गर्छन। सामान्यत: शहरी भागमा बस्ने मान्छेहरू पैंट-शर्ट र महिलाहरू साडी लाउने गर्छन। ग्रामीण भागमा बस्ने हिन्दु जातिका पुरुषहरू पैंट-शर्ट, धोती-कुर्ता, पैजामा-कुर्ता, लुंगी लाउने गर्छन तथा हिन्दु महिलाहरू साडी लाउने गर्छन र युवतीहरू सलवार-समीज, दुपट्टा लाउने गर्छन। मुस्लिम समुदायका पुरुषहरू कुर्ता-पैजामा, लुंगी तथा पैंट शर्ट लाउने गर्छन तथा यस समुदायका महिलाहरू साडी, सलवार-समीज तथा कालो दुपट्टाका साथ साथ बुर्का पनि लाउने गर्छन तथा युवतीहरू सलवार, समीज, दुपट्टा तथा बुर्का लाउने गर्छन। हिन्दु महिलाहरू घाँटीमा मङ्गलसूत्र अनि सिउँदोमा सिन्दूर लाउँछन।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्