साँफेबगर नगरपालिका

(साँफेबगरबाट अनुप्रेषित)

साँफेबगर नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा ‍रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैजनाथ र जाल्पादेवी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बुढाकोट, घुघुरकोट, देवीस्थान, खप्तड, वाब्ला र पातलकोट गाविसहरू यसमा गाभिएका थिए।

साँफेबगर नगरपालिका
साँफेबगर नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
साँफेबगर नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा साँफेबगर नगरपालिकाको अवस्थिति
साँफेबगर नगरपालिका is located in नेपाल
साँफेबगर नगरपालिका
साँफेबगर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39निर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखराजेन्द्रबहादुर कुँवर (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखशिवबहादुर कुँवर (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा१४७.७५ किमी (५७.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,८९१
 • घनत्व१८०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
वेबसाइटआधिकारिक वेबसाइट

यो जिल्लाको मध्य भागमा अवस्थित छ। बुढीगङ्गा नदीले साँफेबगरलाई दुई भागमा बाँडेको छ। यो अछामको प्रमुख व्यापारिक केन्द्र हो। साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ। साँफेबगर वरिपरी पहाडहरूले घेरेको बेसीमा अवस्थित छ। साँफेबगरको दक्षिण पश्चिममा बुढीगङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साँफेबगर नगरपालिकाको कुल जनसङ्ख्या २५,८९१ रहेको छ भने यहाँ ६,३११ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्