सवारी दर्ता प्लेट
सवारी दर्ता प्लेट वा सामान्यतया नम्बर प्लेट, एक धातु वा प्लास्टिकको प्लेट हो जुन आधिकारिक रूपमा पहिचान गर्ने उद्देश्यका लागि सवारीसाधनसँग जोडिएको हुन्छ। सबै देशहरूले कार, ट्रक र मोटरसाइकल जस्ता व्यावसायिक सडक सवारी साधनहरूको लागि नम्बर प्लेट आवश्यक पर्दछ। साइकल, डुङ्गा वा ट्याक्टरजस्ता अन्य सवारी साधनहरूको लागि तिनीहरू आवश्यक छन् कि छैनन् भन्ने कुरा क्षेत्र अनुसार फरक-फरक हुन सक्छ। दर्ता पहिचानकर्ता सङ्ख्यात्मक हुन्छ जसले जारी कर्ता क्षेत्र भित्र सवारी वा सवारी धनीलाई विशिष्ट रूपमा पहिचान गर्दछ।[१] केही देशहरूमा, नम्बर प्लेट सम्पूर्ण देश भित्र एउटै निकायले हेर्दछ भने अन्यमा यो एक राज्य वा प्रदेश भित्रको निकायले हेर्दछ। नम्बर प्लेट सवारी वा व्यक्तिसँग सम्बन्धित छ कि छैन भन्ने कुरा पनि जारी गर्ने एजेन्सीद्वारा भिन्न हुन्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Convention on Road Traffic", Vienna: United Nations, ८ नोभेम्बर १९६८, XI B 19।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- सवारी दर्ता प्लेटसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।