विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नगरकोट

नगरकोट सम्पादन गर्नुहोस्

नगरकोट

नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् । नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागू भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार यो चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८७९, अक्षर: ४६१, स्पेस: १२९
  • मुख्य सम्पादक: सरोज कुमार ढकाल, क्रिस दुलालबिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: प्रमुख लेखका लागि मापदण्ड पुरा गरेको र प्राकृतिक क्षेत्रसँग सम्बन्धित भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३७, ३० जुन २०१८ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा जुलाई महिनाको लागि प्रमुख लेख निर्वाचित --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३९, ३० जुन २०१८ (युटिसी(UTC))