हिन्दू महाकाव्य महाभारत, विकर्ण दुर्योधन र दुसासन पछि तेस्रो कौरव, धृतराष्ट्रगन्धारीका छोरा थिए र राजकुमार दुर्योधनका भाइ थिए। विकर्णलाई विश्वव्यापी रूपमा कौरवहरूको तेस्रो सबैभन्दा प्रतिष्ठित भनेर चिनिन्छ।

विकर्ण
महाभारत पात्र
विकर्ण
प्राप्त जानकारी
सम्बद्धताकौरव
परिवारधृतराष्ट्र (पिता)
गान्धारी (माता)
जीवनसाथीसुदेष्णवती र इन्दुमती
बच्चा * दुर्गा र 10 अज्ञात छोरीहरू (इन्दुमतीबाट)
आफन्तदुर्योधन, दुःशासन, ९७ अन्य भाइहरू र दुःशला (बहिनी)

जुवा सम्पादन गर्नुहोस्

दुर्योधनको पासाको खेलमा उनीहरूले उनलाई हराएपछि विकर्ण एक मात्र कौरव थिए जसले पाण्डवकी पत्नी द्रौपदीको भरिएको सभामा भएको अपमानको बारेमा प्रश्न उठाए।

मृत्यु सम्पादन गर्नुहोस्

कुरुक्षेत्र युद्धको १४औं दिनमा भीम र विकर्णको गदा युद्धमा विकर्ण मारिन्छन्। उनको मृत्युपछी भिमको आँखामा आँसु बग्छ। उनको मृत्यु पछि, भीम विलाप गर्दछन्:

धर्म एवम् न्यायका ज्ञाता विकर्ण ! क्षत्रियोचित कर्तव्यको पालना गर्दै तिमी पनि यस लडाइँमा ढल्यौ। तिमी पनि मारियौ, त्यो पनि मेरो हातबाट। यो युद्ध पनि कति कठोर ! जसमा तिमी र पितामह भिष्मलाई पनि मार्नु हाम्रा लागि आवश्यक भएको छ ।

— विकर्णको मृत्युमा भीमको पिडा

विश्लेषण सम्पादन गर्नुहोस्

विकर्ण रामायणमा कुम्भकर्णसँग केहि तुलनात्मक छ। विकर्ण र कुम्भकर्ण दुवैले उनीहरूको दाइको कार्य धर्मको विरुद्ध हो स्वीकार गरे आवाज उठाए तर अन्ततः तिनीहरू दाइ दुर्योधनरावणप्रति वफादार रहे। युयुत्सुको पनि विकर्णको जस्तै विचारधारा र मानसिकता थियो। युयुत्सुलाई पनि लाग्छ कि दुर्योधनको कार्य गलत छ; यद्यपि उनले कुरुक्षेत्रको युद्धको शुरुवातमा पाण्डवहरूको पक्ष लिए गरे। रामायणमा युयुत्सुको बराबर विभीषण हो[१]

साहित्य सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Critical Perspectives on the Rāmāyaṇa. Jaydipsinh Dodiya Sarup & Sons, Jan 1, 2001 - Hindu literature, Sanskrit - 297 pages