लिलानाथ श्रेष्ठ
लिलानाथ श्रेष्ठ एक नेपाली राजनीतिज्ञ, पूर्व मन्त्री र सङ्घीय संसद प्रतिनिधि सभाका सदस्य हुन्।[२] उनी पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुका साथै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पनि थिए। विद्यार्थीका रूपमा राजनीतिमा लागेका उनी सिरहा जिल्लाका प्रमुख कम्युनिष्ट राजनीतिज्ञ बनेका छन् । वि.सं. २०७० को संविधानसभा निर्वाचनमा पराजित भएता पनि उनले वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिराहा ३ निर्वाचन क्षेत्रबाट विजयी हुँदै संसद भवनसम्मको यात्रा तय गरेका थिए।
लिलानाथ श्रेष्ठ | |
---|---|
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय | |
कार्यकाल २०७७ पुष १० – २०७८ असार २८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | शिवमाया तुम्बाहाम्फे |
उतराधिकारी | ज्ञानेन्द्रबहादुर कार्की |
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय | |
कार्यकाल २०७८ असार १० – २०७८ असार २८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | Laxman Lal Karna |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय | |
कार्यकाल २०७८ असार १० – २०७८ असार २८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | Uma Shankar Aragriya |
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय | |
कार्यकाल २०७८ असार १० – २०७८ असार २८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | गणेशकुमार पहाडी |
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय | |
कार्यकाल २०७७ असोज २८ – २०७७ पुष १० | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | Parbat Gurung |
उतराधिकारी | जुली कुमारी महतो |
कार्यकाल २०७८ असार १० – २०७८ असार २८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | जुली कुमारी महतो |
उतराधिकारी | उमा रेग्मी |
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७४ फागुन २० | |
पूर्वाधिकारी | सीतादेवी यादव |
निर्वाचन क्षेत्र | सिराहा ३ |
व्यक्तिगत विवरण | |
जन्म | २०१८ माघ १५[१] |
राष्ट्रियता | Nepali |
राजनीतिक दल | नेकपा एमाले |
जीवनी
सम्पादन गर्नुहोस्श्रेष्ठको जन्म सन् १९६२ जनवरी २८ मा सिराहाको चन्द्रलालपुरमा जीतबहादुर र धनमाया श्रेष्ठको घरमा भएको थियो। उनले कानून विषयमा स्नातक गरेका छन्। उनको दुई छोरा र एक छोरी छन्।[३]
राजनीतिक जीवन
सम्पादन गर्नुहोस्उनी सन् १९८० मा विद्यार्थीको रूपमा राजनीतिमा प्रवेश गरेका थिए। उनी नेकपा माले, अनेरास्ववियु विद्यार्थी सङ्गठनको सदस्य र पछि नेकपा (एमाले) युवा सङ्गठनको प्रमुख सदस्य बनेका थिए।[३] उनी सिरहा जिल्लामा नेकपा एमालेको लामो अनुभव बोकेका स्थायी नेता हुन्।[३] सन् २०१८ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि उनलाई नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सिरहाको ‘जिल्ला इन्चार्ज’ नियुक्त गरिएको थियो।[४]
निर्वाचन इतिहास
सम्पादन गर्नुहोस्उनी वि.सं. २०७० को संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट दोस्रो संविधानसभाको उम्मेदवार भए पनि नेकपा (माओवादी) पार्टीका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए।[३]
वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिराहा ३ निर्वाचन क्षेत्रबाट उनी पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए।[५] उनी वाम गठबन्धनको नेकपा एमालेको प्रतिनिधित्व गर्दै सिराहा ३ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। उनले सो निर्वाचनमा २३,२७२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी अश्वेश्वर यादवले २१,२२० मत प्राप्त गरेका थिए।[६]
निर्वाचन | वर्ष | निर्वाचन क्षेत्र | नतिजा | मत | राजनीतिक दल | स्रोत |
---|---|---|---|---|---|---|
संविधानसभा निर्वाचन २०७० | वि.सं. २०७० | सिरहा ५ | पराजित | १४,३२३ | नेकपा एमाले | [७][८] |
प्रतिनिधिसभा निर्वाचन, २०७४ | वि.सं. २०७४ | सिराहा ३ | विजयी | २३,२७२ | नेकपा एमाले | [९] |
प्रतिनिधिसभा निर्वाचन २०७९ | वि.सं. २०७९ | सिराहा ३ | विजयी | २८,०६४ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | [१०] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
- ↑ "Discussion for sake of discussion useless, say MPs", The Himalayan Times (en-USमा), २०१९-०१-०१, अन्तिम पहुँच २०१९-०८-२७।
- ↑ ३.० ३.१ ३.२ ३.३ "Lilanath Shrestha", उज्यालो अनलाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२७।
- ↑ "NCP appoints 77 districts’ incharge", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-०७-२२, अन्तिम पहुँच २०१९-०८-२७।
- ↑ "62 new faces in parliament, just 2 women", Setopati (en-USमा), अन्तिम पहुँच २०१९-०८-२७।
- ↑ "Siraha : Province 2 – Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com, अन्तिम पहुँच २०१९-०८-२७।
- ↑ "Nepal polls: Maoist chief Prachanda wins from Siraha by thin margin", इकोनोमिक टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०२।
- ↑ "प्रचण्ड सिरहामा विजयी, महन्थ ठाकुर पराजित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२।
- ↑ यादव, मिथिलेश, "सिरहा ३ मा लिलानाथ श्रेष्ठ विजयी", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२।
- ↑ "सिराहा ३ मा एमालेका पूर्वमन्त्री श्रेष्ठ विजयी", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०४।