शिवमाया तुम्बाहाम्फे

डा. शिवमाया तुम्बाहाम्फे एक नेपाली महिला राजनीतिज्ञ, पूर्व कानुन, न्याय र संसदीय मामिला मन्त्री तथा प्रतिनिधि सभाको पहिलो उपसभामुख हुन्।[] उनी चार दशकभन्दा बढी समयदेखि पूर्वी नेपालको कम्युनिष्ट नेतृकी रूपमा राजनीतिमा सक्रिय छिन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेकी छिन्। प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुअघि उनी नेकपा (एमाले)की केन्द्रीय सदस्य थिइन् ।

शिवमाया तुम्बाहाम्फे
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
कार्यकाल
सन् २०२० फेब्रुअरी १७ – सन् २०२१ जुन ४
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीभानुभक्त ढकाल
प्रतिनिधि सभाकी
पहिलो उपसभामुख
कार्यकाल
सन् २०१८ मार्च १५ – सन् २०२० जनवरी २०
पूर्वाधिकारीकार्यालय स्थापना
उतराधिकारीरिक्त
प्रतिनिधि सभा
पद बहाली
सन् २०१८ मार्च ५
निर्वाचन क्षेत्रसामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नामाङ्कित
नेकपा (एमाले) केन्द्रीय समिति सदस्य
कार्यकाल
सन् २०१४ – सन् २०१७
व्यक्तिगत विवरण
जन्मसन् १९६४
तेह्रथुम जिल्ला, नेपाल
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (सन् २०२०)
अन्य राजनीतिक
संलग्नता
नेकपा (एमाले) (सन् २०१८ पहिले)
स्वतन्त्र (सन् २०१८-२०२०)
शिक्षाराजनीति विज्ञानमा विद्यावारिधि

प्रारम्भिक जीवन र शिक्षा

सम्पादन गर्नुहोस्

उनको जन्म ताप्लेजुङ जिल्लामा भएको थियो।[] उनी आफ्नो प्रारम्भिक शिक्षा झापा जिल्लाबाट गरेकी थिइन्।[] वि.सं. २०६३ को सफल क्रान्तिपछि उनले आफ्नो डक्टरेट उपाधिको लागि राजनीतिबाट विश्राम लिएकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेकी छिन्। उनको विद्यावारिधिको विषय 'नेपालमा महिलाको राजनीतिक आन्दोलन: विश्लेष्णत्मक अध्ययन वि.सं. २०४७-२०६०' रहेको थियो।[][] नेकपाकै अर्का प्रमुख नेता विजय सुब्बा उनका भाइ हुन्।

राजनीतिक करियर

सम्पादन गर्नुहोस्

उनी विगत ४० वर्षदेखि राजनीतिमा सक्रिय छिन्।[] उनी मोरङ जिल्लाबाट राजनीतिमा सक्रिय छिन्।[] उनी नेकपा (माले) आबद्ध अनेरास्ववियुको सदस्यका रूपमा सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन्।[] वि.सं. २०५२ (सन् १९९५-९६) मा विद्यार्थी राजनीतिबाट उत्तीर्ण हुँदा उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष थिइन्।[] वि.सं. २०४७ (सन् १९९०-९१) मा नेकपा (माले)को सदस्यता लिइन् र वि.सं. २०७१ साल (सन् २०१४-१५) को नवौँ महाधिवेशनबाट नेकपा (एमाले)को केन्द्रीय समितिमा निर्वाचित भइन्।[]

दक्षिण कोरिया

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

तुम्बाहाम्फेको विवाह नेकपा (एमाले)बाट कुनै समय उर्लाबारी गाविसको अध्यक्षमा निर्वाचित घनेन्द्र जिमीसँग भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्