जुली कुमारी महतो
जुली कुमारी महतो[१] एक नेपाली राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्।[१] उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्। उनी नेकपा एमालेबाट[२] समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएकी हुन्।[३]
जुली कुमारी महतो | |
---|---|
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री | |
कार्यकाल सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल सन् २०१७ – सन् २०२१ | |
निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
नेपालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी नेकपा एमालेबाट धनुषा–३ निर्वाचन क्षेत्रबाट उम्मेदवार भएर चुनाव लडेकी थिइन् तर उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन्।[४]
नेकपा एमालेको लामो समयदेखि सदस्य रहेकी उनी सन् २०१९ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकीकरणबाट बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको लागि धनुषा जिल्लाको 'सह-इन्चार्ज' नियुक्त भएकी थिइन्। नेपाल कम्युनिष्ट पार्टी लामो समयसम्म टिक्न नसकेर सन् २०२१ मार्च ८ मा विघटन भएको थियो।[५][६][७]
निर्वाचन इतिहास
सम्पादन गर्नुहोस्निर्वाचन | वर्ष | निर्वाचन क्षेत्र/स्थानीय तह | नतिजा | मत | राजनीतिक दल | स्रोत |
---|---|---|---|---|---|---|
दोस्रो संविधानसभा | वि.सं. २०७० | धनुषा–३ | पराजित | १३,५३९ | नेकपा एमाले |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Juli Kumari Mahato", hr.parliament.gov.np (en-USमा), अन्तिम पहुँच २०१९-०८-२०।
- ↑ "Draft meeting draws blank as lawmaker ban issue simmers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०१९-०८-२०।
- ↑ Republica, "UML sends 37 women, 4 men to parliament under PR system", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१३ मिति
- ↑ "Julie Kumari Mahato", election2013.ujyaaloonline.com, अन्तिम पहुँच २०१९-०८-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२० मिति
- ↑ "NCP appoints 77 districts’ incharge", The Himalayan Times (en-USमा), २०१९-०७-२२, अन्तिम पहुँच २०१९-०८-२०।
- ↑ Sureis (२०१८-०५-२४), "Ministers’ spouses richer than their better halves - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-१७।
- ↑ Republica, "Govt unveils ministers’ property details; Mahaseth tops rich list", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-१७। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-२९ मिति