लालटाउके गरुड

लालटाउके गरुड पानी वा हिलोमा हिड्न सक्ने गरुड प्रजातिको एक चरा हो। यो चरा दक्षिण एसियाको उष्णदेशीय समथल सिमसार क्षेत्र देखि भारतीय उपमहाद्वीप र दक्षिण पूर्वी एसियासम्ममा पाइन्छ। यसको प्वाँख पियाजी रातो भएकाले यसको नाम लालटाउके गरुड राखिएको थियो। यसले आफ्नो आहारा छिपछिपे पानी, नदी र तालको वरिपरि सङ्कलन गर्ने गर्दछ। यसले आफ्नो चुच्चे पानीको मुनि लान्छ र माछा वा अन्य साना पानीमा बस्ने प्रजातिहरूले यसको चुच्चोमा ठोकिनसाथ यसले उक्त आहारा पकड्ने गर्दछ। यसले पानी वा हिले ठाउँमा हिड्दै लुकेका माछाहरूलाई बिथोली समात्ने गर्दछ। यसले गुँड अन्य चराहरूका साथ प्रायः समूहमै बनाउने गर्दछ। यसले मघुरो आवाज निकाल्ने गर्दछ। यो चराले बसाइँसराइ गर्दैन र कहिलेकाहीँ यसको दायरासम्म आहारा खोज्नका लागि पुग्ने गर्दछ। यसले मौसम परिवर्तन भएमा र प्रजननको लागि छोटो दूरीमा बसाइँसराइ गर्दछ।

लालटाउके गरुड
वयस्क लालटाउके गरुड
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
M. leucocephala
वैज्ञानिक नाम
Mycteria leucocephala
(Pennant, १७६९)
पर्याय

Tantalus leucocephalus
Ibis leucocephalus
Pseudotantalus leucocephalus

विवरणसम्पादन

यो हेर्दा खेरी ठूलो हुन्छ भने यसको शरीर गरुङ्गो हुन्छ र यसलाई सन्तुलन गराइराख्न यसको चुच्चो तलतर्फ फर्किएको हुन्छ। वयस्कको टाउको रातो वा पियाजी रङ्गको हुने हुदाँ यसको नाम लाल टाउके गरुड राखिएको हो। यसको शरीरको अन्य सेतो रङ्गको हुन्छ। यसको पखेटाको तल्लो भाग कालो हुन्छ र त्यसका साथसाथै यसको पखेटामा हरियो चमक पनि हुन्छ।[२] यसको खुट्टा पहेँलो र रातो रङ्गको समिश्रण हुन्छ र यो बसिरहेको बेला टाढाबाट हेर्दा भने सेतो देखिन्छ। यसको पुच्छर कालो हुन्छ भने यसमा पनि हरियो चमक हुन्छ। तुलनात्मक रूपमा, गरुड प्रजातिमा यो मध्यम वर्गमा पर्दछ। यो उभ्भिदाको यसको उचाइ ९३-१०२ सेमी (३६.५-४० इन्च) हुन्छ, यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई १५०-१६० सेमी (५९-६३ इन्च) हुन्छ भने यसको तौल लगभग २-३.५ किग्रा (४.४७-७.७ पाउन्ड) हुन्छ। भाले र पोथीलाई हेर्दा सामान्यतषा उस्तै उस्तैनै देखिन्छन् तर भालेहरूको समूह भने पोथीको भन्दा केही ठूला देखिन्छन्।[३]

यसको सानो भुत्लादार बच्चाहरू भने प्रायः सेतो हुन्छन् र यसको चुच्चो खैरो खालको र यसको अनुहारको छाला भने कालो हुन्छ। वयस्क लालटाउके गरुड भने खैरो खालको प्वाँख हुन्छ र अरु गरुडहरू जस्तै यो २ देखि ३ पछि प्रजनन अवस्थामा पुग्दछन्।[४]

अरु गरुडहरू जस्तै यसले घाँटी तन्काएर उड्ने गर्दछ। खाना वा आहारा खोज्ने क्रममा खाना भेटाइने ठाउँमा यसले आवाज निकाल्ने गर्दछ। अन्य प्रजातिका गरुडहरू जस्तै यो प्रायः शान्तमा बस्न रूचाउँछ तर यसले गुँडमा र अन्य बस्न लायक क्षेत्रहरूमा भने भद्दा आवाज निकाल्ने गर्दछ।[२][५]

वितरण र बासस्थानसम्पादन

 
आहार खोज्दै गरेको लालटाउके गरुड

लालटाउके गरुड एसियाका समथल क्षेत्रहरूमा विस्तारित रूपमा छरिएर रहेका छन्। यसको दायर फराकिलो छ। यो भारतीय उपमहाद्वीप र दक्षिण पूर्वी एसियामा पाइन्छ। यो पाकिस्तान, नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, चीन, थाइल्याण्ड, लाओस, भियतनामकम्बोडियामा पाइन्छ। यसको ठूलो दायरा भएकाले यसको जनसङ्ख्यामा उल्लेख्य रूपमा बृद्धि आएको छ। यो एसियाका सुख्खा उच्च पहाडी भेग, घनाजङ्गल र उच्च हिमाली क्षेत्रहरूमा पाइदैनन्। यो भारतको केरलामा नगन्य रूपमा पाइन्छन्। यसले सबै मौसममा ताजा पानीको क्षेत्र, मकै बारी, नहर र प्रायः बाढी आएको क्षेत्रमा बस्ने गर्दछन्।[६][७] यो प्रायः धेरैजसो मौसममा एकै ठाउँमा बसिरहन्छ र कहिलेकाहीँ थोरै दूरीमा बसाइँसराइ गर्दछ।

व्यवहारसम्पादन

संरक्षणसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. बर्डलाइफ इन्टरनेसनल (२०१२), "Mycteria leucocephala", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण २०१३.२, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. २.० २.१ रसमुसेन, पिसी & जेसी एन्डरसन (२००५), दक्षिण एसियाका चराहरू: २अौँ संस्करण, Smithsonian Institution & Lynx Edicions, पृ: ६२। 
  3. उर्फी, ए जे & ए कालम (२००६), "लालटाउके गरुडको बारेमा बिस्तृत जानकारी (Mycteria leucocephala)", वाटरबर्ड्स २९ (४): ४८९–४९६, डिओआई:10.1675/1524-4695(2006)29[489:SSDAMP]2.0.CO;2 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named hbw
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named whistler
  6. शशी कुमा; जयकुमार; जाफर,मोहमद (१९९१), "Glossy Ibis Plegadis falcinellus (Linn.) and Painted Stork Mycteria leucocephala (Pennant): two more additions to the bird list of Kerala", बम्बैको प्राकृतिक इतिहास समाज ८८ (1): ११०। 
  7. सतासिभम, कुमारन (१९९२), "Painted Stork Mycteria leucocephala (Pennant) in Kerala", बम्बैको प्राकृतिक इतिहास समाज ८९ (२): २४६। 

बाह्य कडीहरूसम्पादन