रूपा गाउँपालिका कास्की जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका थुम्की, सिद्ध, देउराली (५), रूपाकोट र हंसपुर (१-४, ६,७,९) गाविसहरू यसमा गाभिएका थिए।

रूपा गाउँपालिका
रूपा गाउँपालिका is located in गण्डकी प्रदेश
रूपा गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा रूपा गाउँपालिकाको अवस्थिति
रूपा गाउँपालिका is located in नेपाल
रूपा गाउँपालिका
रूपा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०९′०९″N ८४°०९′०२″E / २८.१५२५८६°N ८४.१५०४७७°E / 28.152586; 84.150477
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनवराज ओझा (नेकपा (एमाले))
 • उपाध्यक्षलालसुवा गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९४.८१ किमी (३६.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,८९१
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६१
केन्द्रसाविकको रूपाकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रूपा गाउँपालिकाको कुल जनसङ्ख्या १४,८९१ रहेको छ भने यहाँ ३,६६३ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

सम्पादन गर्नुहोस्

रूपा गाउँपालिकाको क्षेत्रफल ९४.८१ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिका उत्तरमा मादी गाउँपालिका, पश्चिममा पोखरा महानगरपालिका, दक्षिणमा तनहुँ जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका अवस्थित छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्