रायल बझाङ जिल्लाको एक गाविस हो। बझाङ जिल्लाका ४७ वटा गाउँ विकास समिति -गाविस) मध्ये रायल पनि एक हो। यस गाविसको पूर्वमा भैरवनाथ, उत्तरमा भामाचौर, पश्चिममा बाँझ तथा दक्षिणमा सेती नदी पर्दछ ।

रायल
देश नेपाल
अञ्चलसेती
जिल्लाबझाङ
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

गाउँहरू सम्पादन गर्नुहोस्

देउरा, छिनापानी, बिली, चौडाम, मरगाउँ, डापरु, मैतोली, जुप, कापडीगाउँ, खैराडी, कालाढुंगा, कोटीगाउँ, ओखरगाउँ, काठखेत, झगखेत, पथुडा, रायल, चौडाला, कनाडा, डुडिल तथा सिम यस गाविसमा पर्ने मुख्य बस्तीहरू हुन।

कृषि उत्पादन सम्पादन गर्नुहोस्

यस गाविसमा धान, गहुँ, फापर, कोदो, जौ, चरी, कागनु, बेथे, मकै जस्ता अन्नबाली, कालोमास, भटमास, सेतोमास, कालोभटमास, मटर, कलौ, मुसुरो, केराउ, गुरास, मुगीमासजस्ता दलहनबाली, सर्स्र्यु, तोरी, बसले, तील, चिउरी, भैरो, सूर्यमुखी, तील, बदामजस्ता तेलहन बाली आदिको खेती हुन्छ। आपँ, केरा, आरु, आरुवखेडा, अम्बा, ओखर, दारिम, निबुवा, कागती, लेकाली भेगमा सुन्तलाजस्ता फलफूलका लागि समेत यो गाविस जिल्लाभरि प्रसिद्ध छ बझांगको सुन्दर गाविस रायल हो।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्