रामराजाप्रसाद सिंह

नेपाली राजनीतिज्ञ

रामराजाप्रसाद सिंह (बि स १९९१ - २०६९) नेपालका पहिला गणतन्त्रवादी नेता हुन। बि स १९९१ मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए। नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए।[१] राजा महेन्द्रको पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका यिनलाई सर्वस्व हरणसहित मृत्युदण्डको सजाय सुनाइएको थियो। बिक्रम सम्बत २०४२ सालमा रअको इसारामा नारायणहिटी राजदरबारमा बम पडकाइ राजा वीरेन्द्र वीर विक्रम शाहको हत्या गर्ने कोसिस गरेका थिए ।[२]

रामराजाप्रसाद सिंह
Ram Raja Prasad Singh
रामराजाप्रसाद सिंह
जन्मबि. स. १९९१
मृत्युबि. स. २०६९ भाद्र २७
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणगणतन्त्रवादी नेता माओवादी
धर्महिन्दू

प्रारम्भिक जीवनसम्पादन

सिंहले भारतको बिहार राज्य अन्तर्गत दरभंगास्थित आफ्नो मामाघर बसेर पढेका थिए। भारत छोडो आन्दोलनकारी र तिनको हतियार सप्तरीस्थित घरमा नेपाल प्रहरीले भेटेको कारण यिनी नौ वर्षकै कलिलो उमेरमा भाइ लक्ष्मणप्रसाद सिंह र बुबा जयमंगल सिंहसँगै जेल परे।[३]

राजनीतीसम्पादन

जेलबाट छुटेपछि भारत बसाइ क्रममा सिंहले भारतीय विश्वविद्यालयमा कानुन अध्ययन गरे। यसै क्रममा यिनले क्रान्तिकारी नेता चे ग्वेवारालाई बर्मामा भेटे र ग्वभाराले नै सिंहलाई नेपालमा गुरिल्ला युद्ध आवश्यक छ भनेका थिए।[३] क्युबामा क्रान्ति सफल भइसकेपछि दिल्ली विश्वविद्यालयमा विद्यावारिधि गर्न भनेर आएकी क्लाराले चेसित भेटाएकी थिइन्। सन् १९६१ मा बर्माको एउटा टापुमा सिंह समेत १३ जनाले चेलाई ६-७ घण्टाको भेटमा भाषा बाधक बने पनि क्लाराले दोभाषेको भूमिका निभाइन् । 'क्रान्ति पहिला घरबाट थाल, अनि देशमा' भन्ने चे ग्वेवाराको भनाइ थियो।[४]

स्नातक उत्तीर्णको चुनावसम्पादन

कानुन पढेर फर्केपछि सर्वोच्च अदालतका अधिवक्ता भएका यिनले राष्ट्रिय पञ्चायतको २०२४ सालको चुनावमा प्रजातन्त्र स्थापनाको नारा लिएर स्नातक उत्तीर्णको कोटाबाट उठे तर जलेश्वरमा पक्राउ परे। ०२८ सालमा फेरि स्नातक कोटामै उम्मेदवार बनेर जिते। उनलाई पञ्चायतविरोधी आरोपमा पक्राउ गरियो। जेलभित्र रहँदा उनले तत्कालीन राजा महेन्द्रसँग नारायणहिटी दरबारमा दुईपटक वार्ता गरे। त्यसको केही समयपछि उनी रिहा भए। रिहा भएको भोलिपल्ट सिंहलाई राष्ट्रिय पञ्चायत सदस्यको शपथग्रहण गराइयो। [४] सपथ लिएर प्रजातन्त्रको आन्दोलन गर्दै रहे। [५][५][६] उनी देश भ्रमणमा निस्किए। त्यही क्रममा उनी विराटनगरमा पुनः गिरफ्तारीमा परे। सरकारले सिंहलाई जीवनभर राष्ट्रिय पञ्चायत सदस्य उम्मेदवार बन्न नदिने घोषणा गर्‍यो। उनलाई नक्खु जेलमा राखियो। चार वर्ष ६ महिनापछि सिंह जेलबाट छुटे। 'बहुदलीय जनवादी मोर्चा' गठन गरेर २०३७ सालको जनमत संग्रहमा सिंह सहभागी भए। त्यही बेला उनी नेपालगन्जमा फेरि पक्राउ परे। उनलाई गिरफ्तारलगत्तै छाडियो। त्यसपछि उनी भूमिगत भए।[७]

२०४२ साल बम विष्फोटसम्पादन

कांग्रेसले शान्तिपूर्ण सत्याग्रह चलाईरहेका बेलामा २०४२ साल असार ६ गते नारायणहिटी राजदरबार दक्षिणढोका, राष्ट्रिय पञ्चायत भवनलगायत राजधानीका विभिन्न स्थानमा बम विष्फोट भयो।[७] र केही निर्दोष व्यक्तिको ज्यान पनि गयो। [४] त्यसको जिम्मा सिंहले लिएपछी उनलाई फाँसी सजाय सुनाइयो। बमकाण्डपछि कांग्रेसको सत्याग्रह पनि स्थगित भयो। २०४३ सालमा भारतमा पक्राउ परेपछि श्रीलङ्काको एक टापुमा पुर्‍याई भारत फर्कन निषेध गरिएको थियो। भारतीय गुप्तचर रअ (रिसर्च एण्ड एनालिसिस विंग)ले उपलब्ध गराएको त्यस समयको अत्याधुनिक (रिमोट कन्ट्रोल) बमद्वारा नेपालको राजा वीरेन्द्र वीर विक्रम शाहको हत्या गर्ने योजनाले उक्त बमकाण्ड मच्चाएका थिए । उनलाई रअ को वीरेन्द्र हत्या योजनाका कठपुतली मानिन्छ ।[८]

२०४६ सालको जनआन्दोलनपछि सरकारले सिंह लगायत बमकाण्डका सबै अभियुक्तलाई आममाफी दिने निर्णय गर्‍यो। सिंहले पुनः २०५१ सालमाको मध्यावधि चुनावमा उनले नेपाल जनवादी मोर्चाको तर्फबाट सिरहा र धनुषाबाट उम्मेदवारी दिए पनि दुवै क्षेत्रबाट पराजित भए।

२०६३ सालमा सिंहले तत्कालीन माओवादीको मधेसी मुक्ति मार्चाको सम्मेलनमा भाषण गरेपछि उनी माओवादी निकट भए। जनवादी मोर्चा र माओवादीबीच एकता भए पनि सिंह माओवादीमा गएनन् तर एकीकृत माओवादीको तर्फबाट राष्ट्रपति उम्मेदवार बने।[७] सप्तरी सदरमुकाम राजविराजमा परिवारसँगै बस्दै आएका[९] उनको ७७ वर्षको उमेरमा भाद्र २७, २०६९ (सेप्टेम्बर १२, २०१२)मा काठमाडौंमा स्नायु सम्बन्धि पार्किन्सन्स् रोगबाट भयो।[१०]

सन्दर्भ सामाग्रिहरूसम्पादन

  1. Nepalnews.com, news from Nepal as it happens
  2. https://sidhanews.com/archives/37190
  3. ३.० ३.१ Indian freedom fighters behind Nepal revolution?
  4. ४.० ४.१ ४.२ http://nayapatrika.net/multi-color/5200-गणतन्त्र-संस्थागत-गर्ने-धोको-अपूरै.html
  5. ५.० ५.१ Bajracharya, Bhadra Ratha/Sharma, Sita Ram/Bakshi S.R.. Political development in Nepal. New Delhi: Anmol Publications, 1993. p. 4-5
  6. Doré, Francis. Los regímenes políticos en Asia. Mexico City: Siglo Veintiuno Editores, 1976. p. 138
  7. ७.० ७.१ ७.२ http://www.nagariknews.com/politics/party-politics/46173-2012-09-12-19-34-37.html
  8. https://sidhanews.com/archives/37190
  9. http://nayapatrika.net/multi-color/3717-म-बूढोलाई-कसले-वास्ता-गरेनन्.html
  10. http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=6131:2012-09-13-05-50-23&catid=45:2011-07-04-06-06-05&Itemid=60