रामबहादुर बम्जन

एक नेपाली बौद्ध धर्म गुरु

रामबहादुर बम्जन पहिले पाल्देन दोर्जीको (उनको मठको नाम) नामले पनि परिचित, नेपालको बारा जिल्लाको रतनपुरीमा वि.सं २०४६ चैत २७ का दिन जन्मिएका एक विवादास्पद तपस्वी तथा बौद्ध धर्मका गुरु हुन् जसले गौतम बुद्धको पुनर्जन्मको कारण व्यापक ध्यान र सञ्चार माध्यममा लोकप्रियता कमाएका थिए।[१] आफ्नो नामदेखि लगाई खवाई पनि बेलाबेलामा परिवर्तन गरिरहने बम्जन हाल महासम्बोधि गुरु धर्मसङ्घको नामले परिचित छन्। उनको धार्मिक सङ्गठन बोधि श्रवण धर्म सङ्घका अध्यक्ष नीलबहादुर थिङका अनुसार रामबहादुरदेखि धर्मसङ्घ बन्नसम्मको बीचमा उनले आफूलाई तपस्वी पनि भन्ने गरेका थिए।[२] त्यसपछि उनी पाल्देन दोर्जीवाट नमो बुद्ध बनेका थिए। बारा जिल्लाको हलकिरिया जङ्गलमा ६ वर्षलामो निरहार तपस्या गरेको दावी गर्ने बम्जन अहिले आफू परमात्मा भएको दावी गर्दछन्।[३] उनले वि.सं २०७३ चैत ८ गरेदेखि चैत २० सम्म ललितपुरमा एक विशाल विश्वशान्ति मैत्रि पुजाको आयोजना गरेका थिए भने वि.सं २०७५ फागुन १९ का दिन चितवनको भरतपुर महानगरपालिका १८ गुञ्जानगरमा शान्ति पुजा सम्पन्न गरेका थिए।[४]

रामबहादुर बम्जन
जन्मवि.सं २०४६ चैत २७
रतनपुरी, बारा
राष्ट्रियतानेपाली
अन्य नाममहासम्बोधि गुरु धर्मसङ्घ
मातापिता
  • वीरबहादुर बम्जन
  • मायादेवी तामाङ
वेबसाइटमहासम्बोधि धर्मसङ्घ

उनी वि.सं.२०८० पुस २४ गते साँझ पक्राउ परेका छन्।

जीवनवृत्ति सम्पादन गर्नुहोस्

रामबहादुर बम्जन एक सामान्य परिवारमा जन्मिएका थिए। बुबा वीरबहादुर बम्जन र आमा मायादेवी तामाङको ९ सन्तानमध्ये उनी तेस्रो सन्तान थिए। उनले २ कक्षासम्म स्थानीय विद्यालयमा पढेका थिए भने त्यसपछि उनी लामा ज्ञान प्राप्तिका लागि भारतको देहरादुनको एक गुम्बामा गएका थिए। दुई वर्ष देहरादुनमा पढेर छुट्टोलीा घर आएका बम्जन त्यसपछि गुम्बामा फर्किएर गएनन्। नेपालको बारा जिल्लाको एकान्त बनमा एक ठुलो पिपलको बोट मुनि ध्यान गरिरहेका बम्जनले वि.संं २०६१ सालमा एकाएक चर्चाको विषय बन्न पुगेका थिए।[५] १६ वर्षीय बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। सेतो रङको पातलो कपडा लगाएका उनको शरीर स्थिर थियो। आँखा बन्द थियो भने उनी ध्यानमा लीन थिए। वि.स २०६१ सालमा १५ वर्षीय बम्जनले एक सपना देखेपछि भारतीय सीमा नजिकैको आफ्नो घर छोडेका थिए जसमा उनको सपनामा देवता देखा परेपछि उनलाई देवताले ध्यान गर्न भनेपछि उनी विशाल पिपलको रूखको जराको बीचमा बसेर ध्यान गर्न सुरु गरेका थिए। सुरुमा आसपासका स्थानीयवासी उनलाई हेर्न बाराको वनमा गएका थिए भने त्यसपछिका केही वर्षहरूमा अन्य देशका तीर्थयात्री पनि उनलाई हेर्न आउने गरेका थिए। उनी बनमा ध्यानमा बसेको एउटा तस्वीर सोही वर्ष निकै प्रसिद्ध हुन सफल भएको थियो। उक्त तस्वीरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान केन्द्रीत गर्न सफल भएको थियो।[६] अनुयायीहरूको दावीअनुसार १० महिनासम्म उनी विरलै बोल्थे, पिउँथे, खान्थे वा हिँडडुल गर्ने गर्दथे। हजारौँ मानिसहरूले एक युवकलाई घण्टौँ, दिन वा महिनौँसम्म गतिहीन भएको हेर्नका लागि उक्त स्थानमा आउने गरेका थिए। यी मध्ये केही दावीहरूको परिणामस्वरूप बम्जनका अनुयायीहरूले उनी ऐतिहासिक बुद्ध, गौतम बुद्धका अवतार हुन् भनि विश्वास गरेका छन्।[७]भगवान गौतम बुद्धसँग आफ्नो तुलना नगर्न भन्दै उनले मानिसहरूलाई "मलाई बुद्ध नभन्नुहोस्, र हाल मसँग बुद्धको शक्ति छैन" भनेर भनेका थिए। नेपाल बौद्ध परिषद्का अध्यक्ष महिश्वरराज बज्राचार्यले पनि भनेका छन्,"उनी बुद्ध हुन् भन्ने बारे हामीलाई विश्वास छैन र उनीमा बुद्धको गुण पनि छैन"।[८]

वि.सं २०६२ फागुन २७ का दिन उनी एकाएक हराएका थिए। २०६२ चैत ६ का दिन ओम नमो बुद्ध तपस्वी सेवा समितिका बेदबहादुर लामाले पत्रकारहरूलाई बताए अनुसार उनलाई बारा जिल्लामा देखिएको थिए भने उनीहरूले अन्य व्यक्तिहरूसँग आधा घण्टा कुराकानी गरेका थिए यस अवधिमा बम्जनले आफू ६ वर्षमा फर्कने आश्वासन दिएका थिए।[९] वि.सं २०६४ को साउनमा काठमाडौबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको नेपालको हलोरी जङ्गलमा अनुयायीहरूको एक विशाल भीडलाई सम्बोधन गर्ने क्रममा उनी पुनः देखा परेका थिए।[१०]

विवादहरू सम्पादन गर्नुहोस्

बम्जनका अनुयायीहरूका अनुसार उनी महिनौँसम्म नखाएर वा नसुतेर ध्यान गर्ने सक्ने गरेको दावी गरेका छन्। वि.सं २०६६ सालमा बम्जनमाथि १७ जना गाउँलेको समूहमाथि आक्रमण गरेको आरोपमा अनुसन्धान गरिएको थियो।[११] बम्जनले आफूले जानीजानी आफ्नो ध्यानमा बाधा पुर्‍याएको दावी गरेका थिए तर गाउँलेले उनीहरू त्यहाँ तरकारी खोज्नका लागि गएको बताएका थिए। बम्जनले उनीहरू हातपात गर्ने प्रयास गरेपछि मात्र उनीहरूविरुद्ध हातपातमा उत्रिएका थिए भने गाउँलेले माफी माग्नेबित्तिकै उनले हातपात रोकेको दावी गरेका थिए। यद्यपि पीडितहरूको अनुसार तीन घण्टासम्म उनले उनीहरूको टाउकोढाडमा बन्चरोको बिँडले हिर्काउँदा एक पीडित गम्भीर घाइते भएका थिए।[१२][१३][१४][१५] बम्जनले कुनै पनि सम्भावित परीक्षणमा उपस्थित हुन अस्वीकार गर्दै भनेका छन्, "के तपाईहरूलाई लाग्छ, ध्यान गर्ने ऋषि मुद्दाको सुनुवाइ गर्न अदालतमा जान्छन्? मैले तिनीहरूलाई ईश्वरीय व्यवस्थाअनुसार कारबाही गरेँ"।

वि.संं २०६८ सालमा नेपाल प्रहरीले बम्जनका अनुयायीहरूबाट स्लोभाकियाकी एक महिलालाई उद्धार गरेको घोषणा गरेको थियो तर अन्य प्रतिवेदनहरूमा अपहरणको सञ्चार माध्यमद्वारा प्रचार पछि उनलाई स्वेच्छाले रिहा गरिएको दावी गरिएको थियो।[१६] न्युजविकका अनुसार उनलाई बम्जनका दुई जना मानिसले होटलबाट मोटरसाइकलमा चढाएर तीन महिनासम्म रूखमा बाँधेर राखेको र तपस्वीको ध्यानबिथोल्न बोक्सीको अभ्यास गरेको आरोप लगाएका थिए तर अर्को एक प्रतिवेदनमा उनलाई गुम्बाबाट अपहरण गरिएको दावी गरिएको छ।[१७][१८] रिहा हुँदा उनको हात भाँचिएको थियो। उनी रिहा भएको एक हप्तापछि बम्जनका भाइबहिनीले बम्जनले आफ्ना भाइहरूलाई रातभर बन्धक बनाएको र आफ्ना भाइ र बहिनीलाई कुटपिट गरेको आरोप लगाएका थिए। बम्जनका अनुयायीहरूले बम्जनको एउटा प्रवचन रेकर्ड गरेपछि पाँच जना पत्रकारमाथि आक्रमण गर्नुका साथै उनीहरूको क्यामरा पनि नष्ट गरिदिएका थिए।[१९]

वि.सं २०७५ सालमा बम्जनमाथि १८ वर्षीया भिक्षुणीलाई दुई वर्षसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको थियो।[२०] महिला अधिकार समूहहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा भिक्षुणीले आफ्नी श्रीमतीले आफ्नो धर्ममाथि आक्रमण आकर्षित नहोस् भनेर दुर्व्यवहार लुकाउन खोजेको आरोप पनि लगाएकी थिइन्।[२१] बम्जनका समर्थकहरूले भिक्षुणी वास्तवमा चोरीमा संलग्न भएको र उनलाई गुम्बाबाट निकालिएको दावी गरेका थिए। वि.सं २०७६ सालमा परिवारका सदस्यले बम्जनका विभिन्न आश्रमबाट चार जना भक्तजन हराएको गुनासो गरेपछि अनुसन्धान सुरु गरिएको थियो। सोही महिना प्रहरीले बम्जनको एउटा आश्रममा छापा मार्दा पनि उनी फेला परेका थिएनन्।[२२] वि.सं २०७६ माघ २३ का दिन सर्लाही जिल्ला अदालतले बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अर्को दिन प्रहरीले उनको अर्को आश्रममा छापा मारेतापनि उनलाई फेला पार्न सकेनन्। प्रहरीले उनका एक चेला ज्ञानबहादुर बम्जनलाई पक्राउ गरेको थियो।[२३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "रामबहादुर बमजन को हुन् र उनी बारम्बार आरोपमा किन फस्छन्", बीबीसी नेपाली, २०७५ पुष १३। 
  2. "लिटिल बुद्धका लिलाहरू !", सदृश्य, २०६५ पुष १७। 
  3. "छ वर्षको कठोर तपस्यापछि ‘महासम्बोधी धर्म सङ्घ गुरु’का नामले चिनिएका ‘रामबहादुर बम्जन’ विश्व भ्रमणमा निस्कने", धनकुटा खबर, २०७३ चैत १७। 
  4. "चितवनमा विश्व शान्ति महा मैत्री पुजा प्रार्थना सम्पन्न", सहयात्री खबर, २०७५ फागुन १९।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-२८ मिति
  5. George Saunders (७ मे २००६), "The Incredible Buddha Boy", GQ। 
  6. "Nepalese Buddha Boy 'reappears'", BBC, अन्तिम पहुँच १४ नोभेम्बर २०१८ 
  7. Bell, Thomas (२१ नोभेम्बर २००५), "Pilgrims flock to see 'Buddha boy' said to have fasted six months", The Telegraph (Bara District, Nepal), अन्तिम पहुँच ५ फेब्रुअरी २०१४ 
  8. "Nepal 'Buddha Boy' returns to jungle", Yahoo! News, २००८-११-२२, मूलबाट डिसेम्बर ८, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ११, २०१४ 
  9. Bhagirath Yogi (११ मार्च २००६), "Nepal's 'Buddha' boy goes missing", BBC। 
  10. "Nepalese Buddha Boy 'reappears'", BBC (BBC), मार्च २०, २००६, मूलबाट अप्रिल १२, २००६-मा सङ्ग्रहित। 
  11. Buncombe, Andrew (नोभेम्बर ११, २००८), "'Buddha Boy' reappears after year in jungle", The Independent, मूलबाट डिसेम्बर २५, २००८-मा सङ्ग्रहित। 
  12. Bandari, Rai, Diwakar, Arun (जुलाई २६, २०१०), "Police quizzes Buddha Boy over thrashing locals", The Himalayan Times, मूलबाट अगस्ट १, २०१०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १, २०१० मिति
  13. Lang, Olivia (२०१०-०७-२७), "Nepal's 'Buddha boy' investigated for attacking group", BBC, अन्तिम पहुँच २०१२-०२-१७ 
  14. Lamicchane, Upendra (जुलाई २४, २०१०), "'Buddha Boy' thrashes locals", República, मूलबाट जुलाई २९, २०१०-मा सङ्ग्रहित। 
  15. Lamicchane, Upendra (जुलाई २६, २०१०), "'Buddha boy' unrepentant", República, मूलबाट जुलाई २८, २०१०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २८, २०१० मिति
  16. PM, David Brennan On 1/7/19 at 12:30 (७ जनवरी २०१९), ""Buddha Boy" spiritual leader investigated over missing followers and sexual abuse allegations", Newsweek 
  17. "Nepal's Boy Buddha frees Slovak hostage", Hindustan Times, २७ मार्च २०१२। 
  18. "Nepal police rescue Slovak woman from followers of Buddha boy", Public Radio International 
  19. BHANDARI, DIWAKAR, "Buddha Boy turns violent' thrashes siblings Holds three of his brothers hostage overnight", Himalayan Times, मूलबाट २०१४-०२-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ नोभेम्बर २०१८  = Archive.today अभिलेखिकरण २०१४-०२-०८ मिति
  20. "'Ascetic' Ram Bahadur Bamjan accused of raping nun", Online Khabar, अन्तिम पहुँच १४ नोभेम्बर २०१८ 
  21. Emburry-Dennis, Tom, "Ashram of 'Buddha boy' worshipped as reincarnation of Buddha raided by police after devotees 'disappear'", Independent 
  22. Berlinger, Sugam Pokharel,Joshua (२०१९-०१-११), "Police raid 'Buddha boy' ashram in Nepal", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  23. "Sarlahi court issues warrant against ‘Buddha Boy’, but police fail to track him down", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०२-०१