राग
पूवीय पद्धतिमा गाईने शास्त्रीय संगीत
स्वर परिचयसम्पादन
पूवीय पद्धति स्वर-गायन एवं वादनमा सात स्वरको प्रयोग हुन्छ ,स रे ग म प ध नी । स्वर दुई प्रकारको हुन्छ -
- शुद्ध स्वर -त्यस्तो स्वर जो आफ्नो निश्चित स्थानमा गाईन्छ , बजाईन्छ।
- विकृत स्वर-त्यस्तो स्वर जो आफ्नो स्थानबाट केही माथि चढेर वा तल ओर्लेर प्रयोग गरिएको हुन्छ ।
विकृत स्वर पनि दुई प्रकारको हुन्छ|
- कोमल विकृत-जब कोई स्वर आफ्नो स्थानबाट तल प्रयोग गरिएको हुन्छ |यस्तो स्वरलाई नीच _प्रकार का चिन्ह लगाईन्छ| राग बागेश्वरीको आरोह मा-स नी_ ध नी_ स,म ग_ म ध नी सं । यहाँ निषाद तथ गंधार कोमल प्रयोग गरिएको छ ।
- तीव्र विकृत-जब कोई स्वर आफ्नो स्थानबाट केही माथि चढाई गाईन्छ वा बजाइन्छ तब त्यो तीव्र विकृत भनिन्छ|यस्तो स्वरलाई उचो \ चिन्ह लगाईन्छ| राग यमनमा "म" का प्रयोग -नि[मन्द्र}रे ग,मे प ध नी सां। (मको माथिको रेफले तीब्र जनाउछ|
सात मध्ये ४ स्वर-रे ग ध नी 'शुद्ध' का साथै 'कोमल' प्रयोग पनि हुन्छ, १ स्वर "म" 'शुद्ध' का साथ साथ 'तीव्र'प्रयोग पनि हुन्छ| परन्तु षडज तथा पंचम "सा" अनि "प" सदैव शुद्ध नै मात्र प्रयोग हुन्छ ।
अलंकारसम्पादन
शास्त्रीय गायन तथा वादन क्षेत्र मे विद्यार्थी हरूलाई सर्वप्रथम अलंकारको अभ्यास गराईन्छ। संगीत रत्नाकर का अनुसार-" विशिष्ट-वर्ण-सन्दर्भमलंकार प्रचक्षते" अर्थात, नियमित वर्ण समूहलाई अलंकार भनिन्छ । सरल शब्दमा भन्नु पर्दा, स्वरहरूको नियमानुसार 'चलन'लाई अलंकार भनिन्छ। अलंकारलाई कतै कतै " पलटा" पनि भनिन्छ । वाद्य बादन का विद्यार्थी हरूलाई अलंकार अभ्यासले वाद्य बादनमा पकड (विभिन्न प्रकारले औला चलाउने योग्यता) विकास गर्छ भने गायन क्षेत्र कालाई नियमित अभ्यासले स्वर कम्पन (कंठ मार्जन) मा विशेष सहायता पुर्याउछ।
अलंकारमा धेरै 'कडि'(दुई स्वर, तीन स्वर ईत्यादि) हुन्छ जुन एक आपसमा जोडिएका हुन्छन् । अलंकारको रचना मा- प्रत्येक अलंकारमा मध्य सप्तकको { सा} देखि तार सप्तकको {सां } सम्म आरोही वर्ण हुन्छ- "सारेग,रेगम,गमप,मपध,पधनी,धनीसां" |अनि तार सप्तकको {सां} देखि मध्य सप्तकको { सा} सम्म अवरोह वर्ण हुन्छ- "सांनिध,निधप,धपम,पमग,मगरे,गरेसा" ।
चार स्वरको अलंकारमा आरोही व अवरोही वर्ण निम्नानुसार हुन्छ|
- आरोह -सारेगम,रेगमप,गमपध,मपधनि,पधनिसां ।
- अवरोह -सांनिधप,निधपम,धपमग,पमगरे,मगरेसा ।
रागको जातिसम्पादन
राग विवरणमा अमुक राग अमुक जातिको भन्ने सुनिन्छ। "जाति"ले राग गाउदा आरोह तथा अवरोहमा प्रयोग गरिने स्वरको संख्या बोध गराउदछ। दामोदर पंडित द्वारा रचित संगीत दर्पण का अनुसार
ओडव: पंचभि:प्रोक्त: स्वरै: षडभिश्च षाडवा।
सम्पूर्ण सप्तभिर्ज्ञेय एवं रागास्त्रिधा मत: ॥
अर्थात,जुन रागमा ५ स्वर प्रयोग हुन्छ त्यो "ओडव जाति" ,६ स्वर प्रयोग भए "षाडव जाति" तथा ७ स्वर प्रयोग भए "सम्पूर्ण जाति" भनिन्छ। तर समय क्रम संगै आरोह तथा अवरोहमा शुद्द ५,६ वा ७ स्वर वाहेक मिश्रित आरोह तथा अवरोह भएका राग पनि समेटिन पुगे| त्यसैले राग का अन्य उपजाति देहाय अनुसार परिभाषित गरियो|
- औडव-औडव- आरोहमा ५, अवरोहमा ५ स्वर
- औडव-षाडव- आरोहमा ५, अवरोहमा ६ स्वर
- औडव-सम्पूर्ण- आरोहमा ५, अवरोहमा ७ स्वर
- षाडव-षाडव- आरोहमा ६, अवरोहमा ६ स्वर
- षाडव-औडव - आरोहमा ६, अवरोहमा ५ स्वर
- षाडव-सम्पूर्ण- आरोहमा ६, अवरोहमा ७ स्वर
- सम्पूर्ण-सम्पूर्ण - आरोहमा ७, अवरोहमा ७ स्वर
- सम्पूर्ण-षाडव- आरोहमा ७, अवरोहमा ६ स्वर
- सम्पूर्ण-औडव- आरोहमा ७, अवरोहमा ५ स्वर
गायन समयसम्पादन
- पूर्व राग = अपरान्हको बारह बजेबाट मध्यरात्रि सम्म गाईने राग हरू
- उत्तर राग =मध्यरात्रिबाट अपरान्हको बारह बजे सम्म गाईने राग हरू
- संधिप्रकाश राग =उषा काल तथा संध्याकालीन समयमा गाईने राग हरू
केहि रागहरू ऋतुप्रधान मानिएका छन र तोकिएको ऋतु बाहेक अन्य ऋतुमा गाउन वर्जित मानिन्छ । जस्तै राग मेघमल्हार वर्षा ऋतुमा र राग बसंत ,बसंत ऋतुमा मात्र गाउने परम्परा रहेको छ। तर यसो भन्दा ,रियाज गर्न भने सधै छुट रहेको छ ।
रागका प्रकारसम्पादन
राग विवरणमा अमुक राग अमुक जातिको भन्ने सुनिन्छ। "जाति"ले राग गाउदा आरोह तथा अवरोहमा प्रयोग गरिने स्वरको संख्या बोध गराउदछ।
दामोदर पंडित द्वारा रचित संगीत दर्पणमा उल्लेख भए अनुसार
ओडव: पंचभि:प्रोक्त: स्वरै: षडभिश्च षाडवा। सम्पूर्ण सप्तभिर्ज्ञेय एवं रागास्त्रिधा मत: ॥
अर्थात,जुन रागमा ५ स्वर प्रयोग हुन्छ त्यो "ओडव जाति" ,६ स्वर प्रयोग भए "षाडव जाति" तथा ७ स्वर प्रयोग भए "सम्पूर्ण जाति" भनिन्छ। तर समय क्रम संगै आरोह तथा अवरोहमा शुद्द ५,६ वा ७ स्वर वाहेक मिश्रित आरोह तथा अवरोह भएका राग पनि समेटिन पुगे । त्यसैले राग का अन्य उपजाति देहाय अनुसार परिभाषित गरियो ।
- औडव-औडव- आरोहमा ५, अवरोहमा ५ स्वर
- औडव-षाडव- आरोहमा ५, अवरोहमा ६ स्वर
- औडव-सम्पूर्ण- आरोहमा ५, अवरोहमा ७ स्वर
- षाडव-षाडव- आरोहमा ६, अवरोहमा ६ स्वर
- षाडव-औडव - आरोहमा ६, अवरोहमा ५ स्वर
- षाडव-सम्पूर्ण- आरोहमा ६, अवरोहमा ७ स्वर
- सम्पूर्ण-सम्पूर्ण - आरोहमा ७, अवरोहमा ७ स्वर
- सम्पूर्ण-षाडव- आरोहमा ७, अवरोहमा ६ स्वर
- सम्पूर्ण-औडव- आरोहमा ७, अवरोहमा ५ स्वर