ललित भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो राग निर्मल र भक्तिको रूपमा वर्णित भएकोले यसलाई एका बिहानै गाइने गरिन्छ।[१]राग ललित सन्धिप्रकाश राग अन्तर्गत पर्छ। यो एक गम्भीर प्रकृतिको उत्तराङ प्रधान राग हो। यसलाई गाइने वा बजाइने समयमा यसको विस्तार मन्द्र र मध्य सप्तकहरूमा बढी हुने गर्छ। राग ललित शुद्ध धैवत र कोमल धैवत गरि दुई मत अनुसार गाइने गरिन्छ तर शु्द्ध धैवतको प्रयोग बढी गर्ने गरिएको छ।

ललित
ठाटपूर्वी
समयबिहान

रागको सङ्क्षिप्त परिचय सम्पादन गर्नुहोस्

ठाट- पूर्वी
स्वर- रिषभ कोमल, शुद्ध अनि तीव्र दुवै माध्यमको प्रयोग तर बाँकी सबै स्वर शुद्ध प्रयोग हुन्छ।[स्रोत नखुलेको]
वर्जित स्वर - पंचम
जाति- षाडव-षाडव (६ आरोह,६ अवरोह)
वादी स्वर- मध्यम
संवादी स्वर- षडज
न्यासको स्वर- स,ग,म

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्