दरबारी कान्हडा जसलाई मुख्यतया राग दरबारीको रूपमा समेत चिन्ने गरिएको छ, भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई मध्य रातमा गाइने गरिन्छ।[१]यो राग आसावरी ठाटदेखि निस्कन्छ। प्राचीन सङ्गीत ग्रन्थमा राग दरबारीको लागि विभिन्न नामको उल्लेख गरिएको छ। कतै कतै यसलाई कणार्ट, कणार्टकी, कणार्ट गौड पनि भनिन्छ। वस्तुत: कन्हण शब्द कणार्ट शब्दकै अपभ्रंस रूप हो। कान्हडाको अगाडि दरबारी शब्दको प्रयोग मुगल शासनको समयदेखि प्रचलित भएको मानिन्छ।

दरबारी कान्हडा
ठाटआसावरी
समयमध्य रात
आरोहणसा रे (रे)ग, (रे)ग म प ध नि सा'
अवरोहणसा' ध नि प म प (म)ग, (म)ग म (सा)रे, सा
वादी
सम्वादी
पर्यायवाचीदरबारी

परिचय सम्पादन गर्नुहोस्

दरबारी कान्हडा एक गम्भीर प्रकृतिको राग हो।

विशेषता सम्पादन गर्नुहोस्

यो राग आलापको योग्य छ। पूर्वांग-वादी राग भएको कारणले यसको विस्तार अधिकतर मध्य सप्तकमा हुन्छ। विलम्बित लयमा यसको गायन एकदम सुन्दर रहन्छ।

  • थाट-आसावरी
  • स्वर-गन्धार,निषाद र धैवत कोमल। शेष शुद्ध स्वरको प्रयोग।
  • जाति-सम्पूर्ण षाडव (आरोह-७, अवरोह-६)
  • वादी स्वर-रिषभ(रे)
  • सम्वादी स्वर-पञ्चम(प)
  • समप्रकृति राग-अडाना
  • गायन समय-रात्रिको द्वितीय प्रहर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्