मारू बिहाग भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई रातकको दोस्रो प्रहरमा गाइने गरिन्छ।[१]यो राग कल्याण ठाटदेखि निस्कन्छ।[२]विद्वानहरू माझ यो रागको वादी तथा संवादी स्वर सम्बन्धमा मतभेद रहेको छ। केही विद्वानहरू मारू बिहागमा वादी स्वर गन्धार र संवादी निषादलाई मान्दछन् भने यसको विपरीत अन्य सङ्गीतज्ञ यसमा वादी स्वर पञ्चम र संवादी स्वर षडजलाई मान्दछन्। प्रस्तुत रागमा दुवै प्रकारको मध्यम स्वरहरू (शुद्ध 'म' र तीव्र 'म')को प्रयोग भएको छ। बाँकी सवै स्वर शुद्ध प्रयुक्त हुन्छ। मारू बिहाग आधुनिक रागको श्रेणीमा आउने गर्छ। यसको रचयिता उस्ताद स्वर्गीय अल्लादिया खाँलाई मान्ने गरिएको छ।

मारू बिहाग
ठाटकल्याण
समयमध्य रातमा
आरोहणनि(मन्द्र) सा ग, म(तीव्र)प, नि, सां
अवरोहणसां, नि प, म(तीव्र)ग, म(तीव्र)ग रे, सा
पकडप, म(तीव्र)ग, म(तीव्र)ग रे, सा, नि(मन्द्र)सा म ग, म(तीव्र)प, ग, म(तीव्र)ग, रे सा

विशेषता सम्पादन गर्नुहोस्

  • थाट-कल्याण
  • गायन समय-रातको दोस्रो प्रहर
  • जाति-ओडव-सम्पूर्ण (आरोहमा रे,ध स्वर वर्जित )
  • समप्रकृति राग -बिहाग,कल्याण र मार्ग बिहाग ।
  • आरोह-नि(मन्द्र) सा म ग, म(तीव्र)प, नि, सां ।
  • अवरोह-सां, नि ध प, म(तीव्र)ग, म(तीव्र)ग रे, सा ।
  • पकड-प, म(तीव्र)ग, म(तीव्र)ग रे, सा, नि(मन्द्र)सा म ग, म(तीव्र)प, ग, म(तीव्र)ग, रे सा ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 
  2. "मारू बिहाग ❤️ राग परिचय", raagparichay.in (हिन्दीमा), अन्तिम पहुँच २०२१-०१-२० 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्