मालकोश भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो भारतीय शास्त्रीय सङ्गीतको सबैभन्दा पुरानो रागहरू मध्येको एक समेत हो।[१] कर्नाटकी शास्त्रीय सङ्गीतमा यसको मिल्दोजुल्दो रागलाई हिन्दोलम भन्ने गरिन्छ।

मालकोश
Malkosa Raga.jpg
ठाटभैरवी
प्रकारऔदभ
समयअबेला राति, १२–३
आरोहण.नी. सा म 'ध नी *सा*
अवरोहण
  • सा नी सा
  • सा नी ध सा
पर्यायवाची
  • मालकौंश
  • मालकौश
समानहिन्दोलम

शब्दोपत्तिसम्पादन

मालकोश शब्द 'माल' र 'कौशिक'को संयोजनबाट बनाइएको छ, जसको अर्थ भगवान शिव जस्तै आफ्नो घाँटीमा सर्पको माला लगाउने व्यक्ति हो भन्ने बुझ्ननुपर्छ। यद्यपि, शास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिए अनुसार माल-कौशिक आजको वर्तमान समयमा प्रस्तुत गरिदैन। सतीको यज्ञमा क्रोधित भएपछि ताण्डव आरम्भ गरिसकेका शिवलाई शान्त गर्नको निमित्त देवी सरस्वतीद्वारा यो रागको निर्माण गरिएको मान्ने गरिन्छ।

मलकोश राग शैवित सङ्गीत विद्यालयसँग सम्बन्धित छ, वास्तवमा प्रायजसो पञ्चक राग शैवित सङ्गीत विद्यालयसँग सम्बन्धित रहेको छ।[१]

आरोहण र अवरोहणसम्पादन

  • आरोह- सा _ग म ,_ध _नि सां ।
  • अवरोह- सां _नि _ध म,_ग म _ग सा ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ Daniélou, Alain (१९६८), The Rāgas of northern Indian music, Barrie and Rockliff, London, पृ: 324–324, आइएसबिएन 0-214-15689-3 

यो पनि हेर्नुहोस्सम्पादन