मुख्य सूची खोल्नुहोस्

रविन्द्र भारती विश्वविद्यालय

रवींद्र भारती विश्वविद्यालय भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा अवस्थित एउटा विश्वविद्यालय हो।

रविन्द्र भारती विश्वविद्यालय भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा अवस्थित यक विश्वविद्यालय हो। कवि रविन्द्रनाथ टैगोरको जन्म शताब्दीलाई चिह्नित गर्नको लागि सन् १९६१ मा पश्विम बङ्गाल सरकारले रविन्द्र भारती ऐन अन्तर्गत ०८ मे १९६२ मा यस विश्वविद्यालयको स्थापना गरेको थियो।[१] यो विश्वविद्यालय टैगोर परिवार निवास, जोरसंको ठाकुर बारीमा स्थित छ।

रविन्द्र भारती विश्वविद्यालय
Rabindrabharati University BT road campus gate.jpg
प्रकारसार्वजनिक
स्थापनासन् १९६१
उप कुलपतिसब्यसची वासु राय चौधरी
स्थान,
भारत
Affiliationsविअआ
वेबसाइटrbu.ac.in

यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा ललित कला संकाय अन्तर्गत कला प्रदर्शन (पर्फर्मिङ आर्ट्स) र दृश्य कला (विजुअल आर्ट्स) कार्यक्रमहरू पढाउँदछ साथै मानविकी, सामाजिक विज्ञान र अन्य विषयहरू कला संकाय अन्तर्गत पढाउँदछ।[२]

विश्वविद्यालयका वर्तमान उपकुलपति प्राध्यापक सब्यसची वासु राय चौधरी[३] हुन्, उहाँ सामाजिक वैज्ञानिक तथा राजनीतिक टिप्पणीकारको रूपमा पनि चिनिनुहुन्छ।

सन्दर्भ सामग्रीसम्पादन

  1. "विश्वविद्यालयको बारेमा", रविन्द्र भारती विश्वविद्यालय, अन्तिम पहुँच २ जुन २०१८ 
  2. Prospectus, Kolkata: Rabindra Bharati University, पृ: २, अन्तिम पहुँच २ जुन २०१८ 
  3. "The Planning Board", Rabindra Bharati University, अन्तिम पहुँच २ जुन २०१८ 

बाह्य लिङ्कहरूसम्पादन

निर्देशाङ्क: २२°३५′०६″ उत्तर ८८°२१′३३″ पूर्व / २२.५८५००° उत्तर ८८.३५९१७° पूर्व / 22.58500; 88.35917