यूँ भोजपुर जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो । यो यूँ गा.बि.स.भोजपुर क्षेत्र नं-२ अन्तर्गत पर्दछ । यो गाबिस पूर्बमा बासिखोरा, पश्चिममा वासिंथर्पु, उत्तरमा बैकुन्ठे र बासिखोरा पर्दछन भने दक्षिणमा देवान्टार र थिदिंखा गा.बि.स. पर्दछन। नेपालको एउटा मात्र अक्षरले नामांकित गा.बि.स.को रूपमा समेत यो "यूँ" गा.बि.स. परिचित छ ।

यो गाबिसको शीरको रूपमा रहेको वार्ड नं ७ र ८को उत्तरमा रहेको थामडाडा र वार्ड नं २ को शिरको रूपमा रहेको रमितेडाडा जो यूँ-२ र ७ को सिमानामा अवस्थित रहेको छ जुन यी डाडाहरु निक्कै रमणीय छन् । जसबाट विभिन्न हिमशृङ्खलाहरू मकालु,कन्चन्जङघा,कुम्भकर्णको अवलोकन गर्न सकिन्छ भने यहाँ देखि भोजपुर सदरमुकाम भोजपुरबजार, मैयुङडाडा, ट्याम्केडाडा लगायत भोजपुरको अधिकांस भुँभाग लगायत तराइको विभिन्न भुभागको समेत अवलोकन गर्न सकिन्छ । त्यस्तै यहाँको वडा नं २ मा अवस्थित ऐतिहासिक ओरालेभीर र झाक्रीगुफाको पनि उत्तिकै महत्त्व छ । यसैगरी यस गाबिसको वडा नं ७ मा राई समुदायको आस्थाको देवीको रूपमा चण्डिथान रहेको र यहाँ प्रत्येक ६/६ महिनामा विशेष उधौली र उभौलिमा पुजाआजा गरी मेला लाग्ने गर्दछ भने वडा नं ६ मा अवस्थित सिंहदेवीले पनि उत्तिकै महत्त्व बोकेको पाइन्छ । यहाँ अन्य देवीदेवताहरू जस्तै दैनिक पुजा हुने गर्दछ भने विशाल रूपमा बडादशैंको फुलपातिको दिन धुमधामका साथ पुजा गरिन्छ । उक्तदिन विशेष मेला पनि लाग्ने गर्दछ।

यहाँ राई र क्षेत्री समुदायको बहुल्यता भए पनि राई, क्षेत्री, शेर्पा भुजेल र शिल्पी जातिहरू बिश्वकर्मा (कामी) र दर्जी (दमाई) समेत मिलेर बसोबास गरेको पाइन्छ । यहाँका बासिन्दाहरू हिन्दु, बौद्ध, किरात (मुन्धुम) र क्रिस्चियन धर्ममा आस्था राखेको पाइन्छ । यहाँका अधिकांश जनताहरू नेपाली (खस) भाषा बोल्ने गर्दछन । क्षेत्री समुदाय अन्तर्गत यो यूँ गा.बि.स.मा खड्का, बिष्ट, बस्नेत, कार्की, खत्री र कुँवरहरु रहेका छन् । यस्तै राई जातिहरू विभिन्न पाछाका भएपनी भाषागत रूपमा सबैले आफ्नो मातृभषा राई बान्तावा भाषा बोल्ने गर्दछन् । यहाँ हाङ्खिम, तांङ्लुक्वा पाछाका राईहरूको बसोबास रहेको पाइन्छ । यसरी नै शेर्पा समुदायको पनि बसोबास छ । यहाँका शेर्पा समुदायले आफ्नै मातृभाषा शेर्पा भाषा बोल्ने गर्दछन् ।

खेतीपाति सम्पादन गर्नुहोस्

यहाँ बसोबास गर्ने अधिकांश जनताहरु कृषिमा आधारित छन् । कृषी अन्तर्गत मुख्य बालिको रूपमा मकै र आलु भएपनी हिजो आज अलैचि खेती तर्फको बढ्दो आकर्षणले गर्दा यो खेती पनि फस्टाउदै गएको र यसमा सबैले लगानी गर्दै राम्रो आय आर्जन गर्न थालि सकेकाछन्। यहाँ हल्का कोदो, धान समेत उत्पादन हुने गर्दछ ।

१.श्रीहाङ "साहारा" यूँ-२

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्



"https://ne.wikipedia.org/w/index.php?title=यूँ&oldid=1023621" बाट अनुप्रेषित