माइकल फराडे
वैज्ञानिक माइकल फराडको जन्म सन् १७९१ मा बेलायतको न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच वर्षको उमेरमा मेन्चेस्टर सहरको स्कुलमा फराडेले पढ्न थाले तर स्कुलको पढाइ राम्रो थिएन । शिक्षकहरु पनि निर्दयी थिए । उनलाई स्कुल जान मन लागेन । तेह्र वर्षकै उमेरमा फराडेले स्कुल जान छाडे । घरको आर्थिक अवस्था कमजोर भएकोले उनी एक पुस्तक पसलमा काम गर्न गए । त्यहाँ उनले किताबमा गाता हाल्ने काम सँगै उनी किताब पनि पढ्थे । विज्ञानका किताबहरु त उनी पाए सम्म पढ्थे।फराडेले किताब पसलमा काम गर्दा गर्दै वैज्ञानिक हम्फ्रे डेभीको सहायक भएर काम गर्ने मौका पाए । यो मौकाले फराडेलाई वैज्ञानिक अध्ययन अनुसन्धानमा ठूलो सहयोग भयो । यसपछि काँच र इस्पातको क्षेत्रमा उनले धेरै काम गरे। र्काबनको कोक्लोराइड बनाए । यसैबाट सन १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरे ।चुम्बक निकाल्न पनि फराडे सफल भए ।उनले चुम्बक शक्तिबाट विद्युत निकाल्न सकिन्छ भन्ने घोषणा गरेर चुम्बकीय विद्युत यन्त्र बनाए ।यसलाई डाइनामो भनियो। डाइनामोबाट विद्युत शक्ति निकालियो। यसबाट बिजुलीको आविष्कार भयो। यही समयमा जोसेफ हेनरी पनि डाइनामो आविष्कार भयो । आज पनि डाइनामो,जेनेरेटर तथा टान्सफर्मर फराडे तथा हेनरी को सिद्धान्तमा आधारित छ ।फराड नामबाट दुई विद्युत एकाई आज पनि प्रयोगमा ल्याइन्छ । यीमध्ये एक एकाइ फराडे हो, जुन विद्युत्को मात्रा नाप्न प्रयोग गरिन्छ । अर्को एकाइ फराड(Farad) हो जो कुनै संधार (Capacitor) कोधारिता (Capacity) नाप्न काम आउँछ । सन् १८६७ मा उनको निधन भयो ।
माइकल फराड | |
---|---|
![]() | |
जन्म | सन् १७९१ न्युविन्गटन, बेलायत |
मृत्यु | सन् १८६७ बेलायत |
वासस्थान | बेलायत |
राष्ट्रियता | बेलायत |
चिनारीको कारण | विद्युत चुम्बकीय उपपादन |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिकशास्त्र,रसायनशास्त्र |
हस्ताक्षर | |
![]() |