काँच एक पारदर्शी ठोस वस्तु हो । यो क्रिस्टल नबनी अर्ध ठोस अवस्थाबाट ठोसमा बदलिन्छ । यो एक सुपर कुल्ड लिक्विड ( Super Cooled Liquid) हो । यसको कारण यो ठोस हुनुभन्दा पहिले नै यसको पग्लिने तापक्रमभन्दा तल चिसिन्छ । ठाडो पारेर राखेको झ्यालमा रहेका अणुहरू माथिल्लो तहबाट तल्लो तहतिर बिस्तारै बग्छन् । यो अल्काली र अल्कालाइन धातहरूको होमोजिनस मिश्रण हो । यसको मुख्य कच्चा पदार्थ सिलिका (SiO2) हो । यो बालुवामा पाइन्छ । सिलिका र केही धातुहरूको यौगिकसंग प्रतिक्रिया भई सिलिकेटहरू बन्छन् । धातुको सिलिकेटबाट काँच बनाइन्छ ।

स्वच्छ पारदर्शी काँचबाट बनेको बिजुली बल्ब

सिलिका काँच सम्पादन गर्नुहोस्

सिलिकालाई लगभग १६०० डिग्री सेल्सियसमा तताउँदा यो पग्लन्छ । यसलाई चिस्याउँदा ठोसमा परिर्वतन भई एक प्रकारको कृस्टलाइन काँच बन्छ । यसैलाई सिलिका काँच भनिन्छ । यो अम्ल, पानी र अन्य रसायनहरूमा घुल्दैन । वातावरणमा भएको फरक तापक्रमले यसलाई असर गर्दैन किनकि सिलिकामा तन्कने गुण हुन्छ । यो काँच गम बनाउन, विद्युतीय सामग्रीहरू बनाउन र प्रयोगशालामा प्रयोग हुने सामग्रीहरू बनाउन प्रयोग गरिन्छ ।

वाटर काँच सम्पादन गर्नुहोस्

सिलिकालाई करिब ८०० डिग्री सम्म सोडियम कार्बोनेट वा पोटासियम कार्बोनेटसँग तताउँदा सोडियम सिलिकेट वा पोटासियम सिलिकेट बन्छ । यो काँच पानीमा घुल्ने हुनाले यसलाई वाटर काँच पनि भनिन्छ । यस प्रकारको काँच अग्नि प्रतिरोधक सामान र सिलिका गार्डेन बनाउन प्रयोग गरिन्छ । यस काँचको घोल पेस्ट , गम आदि बनाउन पनि प्रयोग गरिन्छ ।

भौतिक गुण सम्पादन गर्नुहोस्

काँचको उपयोग कैयौँ प्रकारको वतुहरूमा गरिन्छ जुनमा विभिन्न भौतिक गुणहरूको आवश्यकता रहन्छ। काँचको भौतिक गुणहरूमा भिन्नता विभिन्न आक्साइडहरूद्वारा आउँछ।

घनत्व- काँचमा अधिक घनत्व सीस आक्साइडद्वारा आउँछ भने सबैभन्दा कम बोरिक आक्साइडद्वारा आउँछ।

विद्धुतीय गुण- काँचको विद्युच्चालकता काँचको रचना, ताप एवं वातावरण मा निर्भर रहन्छ। आजकल काँचको उपयोग अचालक (insulator) को लागि गरिन्छ।

तापीय गुण- तप्त हुँदा काँच ताप प्रसारित हुन्छ

प्रकाशीय गुण-