महेन्द्रबहादुर शाही

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री

महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्री हुन् यस भन्दा पहिले उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपालका उर्जामन्त्री पनि रहेका थिए । उर्जामन्त्री भएको अवधीमा महेन्द्र बहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराएकाले प्रस्तावकको रूपमा निकै चर्चामा आएका थिए । महेन्द्र बहादुर शाही माओवादीका इमान्दार नेताको छबी बनाएका नेताको रूपमा चिनिन्छन् । माओवादीका पूर्व लडाकू कमान्डर रहेका शाहीको कालीकोटमा युद्धकालमा माओवादी सङ्गठन बिस्तारमा ठुलो योगदान रहेको छ । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए[४]

महेन्द्र बहादुर शाही
कर्णाली प्रदेश मुख्यमन्त्री
कार्यकाल
१७ फेब्रोअरी २०१८[१] – १५ कार्तिक २०७८[२]
पूर्वाधिकारीस्वयम
उतराधिकारीजीवन बहादुर शाही
निर्वाचन क्षेत्रकर्णाली प्रदेश सभा ; कालिकोट १ ख
उर्जामन्त्री
पूर्वाधिकारीजनार्दन शर्मा
उतराधिकारीकमल थापा
कार्यकाल
२६ जुलाई २०१७ – १७ अक्टोबर २०१७
व्यक्तिगत विवरण
जन्म (1977-01-28) २८ जनवरी १९७७ (उमेर ४७)[३]
नानिकोट (हालको पचालझरना), कालिकोट, कर्णाली प्रदेश, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
जीवन साथीचन्द्रा कुमारी शाही
सन्तान(हरू)
जीवनवृतिराजनीति
वेबसाइटocmcm.karnali.gov.np

महेन्द्रबहादुर शाहीको जन्म २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको अत्यन्त बिकट पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८)मा एक मध्यमबर्गीय परिवारमा भएको हो । महेन्द्र बहादुर शाहीका बुवाको नाम लाल बहादुर शाही र आमाको नाम रनकौडा शाही हो।[५] उनकी श्रीमतीको नाम चन्द्राकुमारी शाही हो । हाल उनका दुई छोरी र एउटा छोरा छन् । जन्मेको २ वर्षमा नै उनका बुवाको मृत्यु भएको थियो ।

राजनितीमा प्रवेस

सम्पादन गर्नुहोस्

२०५२ सालमा नेकपा माओवादीले सुरु गरेको जनयुद्धको आरम्भ देखि नै भूमिगत भएका शाहीले एस एल सी सम्म अध्यायन गरेका छन् । नेपालको अति विकट तथा दुर्गम जिल्ला कालीकोट, कालिकोटको पनि सबै भन्दा विकट र सँधै सुख्खा रहने नानिकोटमा जन्मेका उनी पूर्व प्रमुख पञ्चका छोरा हुन् । आफूलाई पढाउने शिक्षकहरूको सल्लाह अनुसार उनले वि.स. २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । त्यो बेला उनलाई कतिबेला कहाँ गएर युद्ध लडौं भन्ने हुन्थ्यो । रातो रगत तातेका बेलामा विक्रम संवत २०५२ सालमा जब नेकपा माओवादीले जनयुद्धको सुरुवात गरे पछि उनमा खुशीको सीमा नै रहेन । २०५२ सालबाटै जनयुद्धमा होमिएका शाहीले पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले । कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेनाको स्थापना भएको समय देखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेल्न थालेका हुन् । पछि उनको पार्टि प्रतिको लगनशिलता र उनको क्षमता देखेर पार्टिले उनलाई कालिकोट जिल्लाको सैन्य इन्चार्ज को जिम्मा दियो । सैन्य इन्चार्ज भएर महेन्द्र शेहीले जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे । उनी युद्धमोर्चामा आफै सहभागी हुने गर्थे । युद्धको नेतृत्वका साथ साथै लड्ने पनि गर्दथे । जनयुद्धको समयमा दोहोरो भूमिकाको निर्वाह गर्ने गरेका शाहीले संसदमा पनि अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि महाअभियोग लगाएर निकै चर्चा बटुलेका थिए । गाउँघरमा देखिएको सामाजिक असमानता, अन्तर बिरोध, जातीय बिभेद र शोषण, गरीब-निमुखामाथि गरिएको अत्याचारको बिरोध गर्न राजनीतिमा लागेका महेन्द्र बहादुर शाहीले आफ्नो राजनितीक जिवनमा निम्नानुशार भूमिकाहरू निर्वाह गरेका छन् ।

  • विक्रम सम्वत २०४८ सालमा नेकपा मसाल एकता केन्द्रबाट आधिकारिक राजनीति यात्रा शुरु गरे ।
  • विक्रम संवत २०४९ सालमा उनलाई प्रहरी वारेन्ट जारी गरियो ।
  • विक्रम संवत २०५२ सालबाट भूमिगत भइ जनयुद्धमा सामेल भए ।
  • विक्रम सम्वत २०५३ सालमा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्य भएर लडाकु जीवनमा प्रवेश गरे ।
  • पार्टिमा राजनीतिक र फौजी दुबै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै शशत्र युद्धमा सरिक भए ।
  • पश्चिम नेपालका बुटवल देखि दार्चुलासम्म भएका जुनसुकै जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रकृयामा सरिक भएर सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्त्वपुर्ण भूमिका निर्वाह गरे ।

सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाही नेपाली सेनामा समायोजनका बेलामा सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएका हुन् ।

दोश्रो संविधाननसभा निर्वाचन

सम्पादन गर्नुहोस्

२०७० को संविधाननसभा निर्वाचनमा कालिकोटबाट प्रत्यक्ष निर्वाचित संविधाननसभा सदस्य बने । संविधाननसभाभित्र पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले संविधान निर्माण पछि उनी उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा ८३ दिन उर्जामन्त्री नेपालका उर्जामन्त्री पनि रहेका थिए। त्यो उर्जामन्त्रीको ८३ दिने यात्रालाई शाहीले उज्यालो नेपाल अभियानको निरन्तरता, कर्णालीलाई विद्युतको केन्द्रीय प्रसारण लाइनसँग जोड्ने देखि ग्राहकहरुलाई विद्युत भुक्तानीमा ईसेवाको प्रारम्भजस्ता महत्वपूर्ण काम भए।[५]

२०७४ साल निर्वाचन

सम्पादन गर्नुहोस्

२०७४ सालको निर्वाचनमा कालीकोटबाट दोश्रो पटक विजय भए । पछि गएर उनी कर्णाली प्रदेसका पहिलो मुख्य मन्त्री बने ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Shahi assumes CM office in Province 6", The Himalayan Times (en-USमा), २०१८-०२-१६, अन्तिम पहुँच २०१८-०६-१० 
  2. "प्रेस विज्ञप्ति", प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश (नेपालीमा), अन्तिम पहुँच २०२१-११-०२ 
  3. "महेन्द्र बहादुर शाही :: व्यवस्थापिका संसद सदस्य, 2070", parliament.gov.np (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१२ मिति
  4. "को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?", नेपाल पत्र 
  5. ५.० ५.१ "मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संक्षिप्त राजनीतिक जीवनी" (npमा), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, अन्तिम पहुँच २०२१-०८-३१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्