भोटेनाम्लाङ्ग नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। भोटेनाम्लाङ गाविस जिल्लाको मध्य भागमा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल २१.१३ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा गोल्चे गाविस, सेलाङ गाविस, पश्चिममा बाँसखर्क गाविस, उत्तरमा गुन्साकोट, थाम्पालधाम र दक्षिणमा सिम्पालकाभ्रे तथा लागर्चे गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा औसत तथा चिसो हावापानी पाइन्छ। यस गाविसमा तामाङ जातिको बाहुल्यता छ। भोटेनाम्लाङ गाविसका मानिसहरू घरेलु उद्यम, कृषि तथा अन्य नोकरीमा व्यस्थ हुन्छन्।

भोटेनाम्लाङ्ग
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर ३३, घरपरिवार संख्या ६८६ र जनसङ्ख्या ३४११ थियो। [१] नेपालको सन् २००१को जनगणना अनुसार भोटे नाम्लाङको जनसङ्ख्या ३४११ छ।[२] यस मध्य पुरुष ५३%, र महिला ४७% छन्।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. मेरोसिन्धु डट कम
  2. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्