भरत खवास

नेपाली राष्ट्रिय टोलि को सदस्य

भरत खवास एक नेपालका महत्त्वपूर्ण फुटबल खेलाडी हुन् । हाल उनी नेपाल आर्मी क्लबमा आबद्ध रहेका छन् भने आर्मीकै फुटबल टिम त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्ने गर्दछन्।[१][२]

भरत खवास
व्यक्तिगत जानकारी
पुरा नाम भरत खवास
जन्म मिति (1992-04-16) १६ अप्रिल १९९२ (उमेर ३२)
जन्म स्थान काठमाडौँ,नेपाल
युवा करियर
२००६-२००७ संकटा ब्वाइज स्पोर्ट्स क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७-२०११ फ्रेन्डस् क्लब
२०११-२०१२ नेपाल पुलिस क्लब (१३)
२०१२-हालसम्म त्रिभुवन आर्मी क्लब (७)
अन्तर्राष्ट्रिय करियर
२००८- हाल सम्म  नेपाल ५० (१०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

खवासले नेपाली फुटबल टिममा २००८ देखि प्रवेश पाएका हुन् । उनी नेपालले २०१६ सालमा एएफसी सोलिदरिटी कप जित्दाको एक महत्त्वपूर्ण सदस्य हुन् ।दभरतले नेपालकालागि २० खेल खेलि सकेका छन् भने १० गोल समेत गरिसकेका छन् ।

भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन्ख।उनले २ मार्च २०१३(दशरथ रंगशाला , काठमाडौँ) मा नर्दन मारियाना आइस्ल्याण्डविरूद्व २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन् । उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन् ।

खेल जीवन सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

भरत खवास हाल नेपाली सेनाको विभागिय टिम नेपाल आर्मी फुटबल क्लबका खेलाडी तथा क्याप्टेन हुन् ।

२०७५ सहिद स्मारक लिग सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय खेल जीवन सम्पादन गर्नुहोस्

उनी नेपलकालागी २१ नम्बरको जर्सीमा मैदान उत्रने गर्दछन् । भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन् । उनले २ मार्च २०१३(दशरथ रंगशाला , काठमाडौँ) मा नर्दन मारियाना आइस्ल्याण्डविरूद्व २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन् । उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन् ।

नेपालका निम्ति उच्च तथा स्तरिय खेल प्रस्तुत गरेका खवासले २०१७ मार्च अप्रिलमा पिलिपिन्स सँगको २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणको खेलमा पहिलो पटक कप्तानको भुमिका प्राप्त गरेका थिए ।

२०१६ एएफसी सोलिडारिटी कप सम्पादन गर्नुहोस्

नेपालले २०१६ को सोलिडारिटी कप जित्दा नेपालको तर्फबाट सर्वाधिक उत्कृष्ट खेल खेल्ने खेलाडी भरत खवास नै थिए।उनले कुल प्रतियोगिता भरि कुल १ गोल गरी २ गोलका निम्ति पास समेत उपलब्ध गराएका थिए।फाइनल खेलमा उनकै उत्कृष्ट पासमा सुजल श्रेष्ठले हेड मार्फत गोल गरेका थिए ,भने त्यहि गोलका मद्दतले नेपाल फाइनलमा विजय भएको थियो ।

२०१८ सनफ च्याम्पियनसिप सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

# मिति स्थान विपक्ष गोल नतिजा प्रतियोगिता
१. २५ मार्च २००८ पोखरा रंगशाला, पोखरा   पाकिस्तान –१ २–१ मैत्रीपुर्ण खेल
२. ७ अप्रिल २०११ दशरथ रंगशाला, काठमाडौँ   अफगानिस्तान –० १–० एएफसी च्यालेन्ज कप छनोट चरण
३. २८ जुलाई २०११ दशरथ रंगशाला , काठमाडौ   जोर्डन
–१,
१–१
२०१४ फिफा विश्वकप छनोट चरण(एएफसी)
४. ६ डिसेम्बर २०११ ज्वारलाल नेहरू रंगशाला, नयाँदिल्ली   पाकिस्तान
–०,
१–१
साफ च्याम्पियनसिप २०११
५./६./७. २ मार्च २०१३ दशरथ रंगशाला , काठमाडौ   उत्तरी मारिआना टापु
–०, ३–०, ६–०
६–०
२०१४ एएफसी च्यालेन्स कप छनोट चरण
८. ३१ अगस्ट २०१३ दशरथ रंगशाला , काठमाडौ   बङ्गलादेश
–०
२–०
साफ च्याम्पियनसिप २०१३
९. ८ नोभेम्बर २०१६ सर्वाक् रंगशाला,मलेसिया   ब्रुनाई
२-०
३-०
२०१६ एएफसी सोलिदरिटी कप
१०. ६ सेप्टेम्बर २०१८ बंगबन्धु राष्ट्रिय रंगशाला,ढाका   भुटान
३-०
४-०
२०१८ साफ च्याम्पियनसिप

अन्तर्राष्ट्रिय मान्यता बाहेकका गोलहरू सम्पादन गर्नुहोस्

# मिति स्थान विपक्ष गोल नतिजा प्रतियोगिता
१. २९ मार्च २०१६ तुअनुकु अब्दुल रमन रंगशालामलेसिया   मलेसिया(यू-२३)
–०
१–१
मैत्रीपूर्ण खेल

उपाधिहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

भरत खवास हाल नेपाल आर्मी फुटबल टिमका कप्तान समेत हुन् उनले नेपाली आर्मी फुटबल टिमबाट विभिन्न घरेलु फुटबल प्रतियोगिताहरू जिति सकेका छन् ।जस मध्ये केही महत्त्वपूर्ण उपाधिहरू निम्नानुसार रहेका छन्।

सम्मान तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Oldest and youngest", RSSSF, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  2. Goal.com वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्