भद्रकाली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेको प्रशिद्ध भद्रकाली मन्दिरको नामबाट नै यस गाविसको नाम भद्रकाली रहन गएको हो। यो मन्दिर निर्माणाधीन बीपी राजमार्गको सिन्धुली–खुर्कोट सडक खण्डमा पर्ने भएकोले जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट यो मन्दिरसम्म पुग्न पर्याप्त बससेवा उपलब्ध छ। यो मन्दिरलाई गोरखालीकी इष्ट देवी भगवति मनकामनाको बहिनी भनेर पनि विभिन्न लेखहरूमा पाइन्छ। यस मन्दिरको स्थापना शाह वंशीय राजा पृथ्वी नारायण शाह स्वयंले गरेको भन्ने लेखहरूमा पाइन्छ। पृथ्वी नारायण शाह गोर्खालीको भगवति मनकामनाको भक्त भएकोले उनले अङ्ग्रेजसँगको लडाईमा विजय प्राप्त होस् भनेर ढुंग्रेवासमा मनकामनाकी दिदि प्रतिक मानेर भद्रकालीको मन्दिर आफैले स्थापना गरेका थिए। यहाँ आएर मनले इच्छागरेको कुरा पुरा हुने जनश्रुती, सजिलै पुग्न सकिने गरी यातायातको सुविधा तथा यस मन्दिर रहेको स्थानबाट जिल्ला सदरमुकाम लगाएत अन्य स्थानहरूको राम्रो दृश्यावलोकन गर्न सकिने भएकोले भद्रकाली मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्दछ साथै मन्दिरमा आउने भक्तजनहरूको संख्या दिन प्रतिदिन वढ्दै गएको छ। यस मन्दिरमा सिन्धुलीगढी तथा दोलखामा तैनाथ नेपाली सेनाका टुकडीहरूले विजया दशमी लगाएत विभिन्न पर्वहरूमा सलामी दिने गरेको यहाँ भएका सिलालेखहरूले बताउँछन्।

भद्रकाली, सिन्धुली
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासिन्धुली जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा३६२१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्