ब्रिटिस भारतका रियासत र प्रदेशहरू

भारतका प्रदेशहरू, त्यो भन्दा पहिला ब्रिटिस भारतका रियासतहरू त्यो भन्दा पनि पहिला रियासत सहरहरू यी सबैलाई संयुक्त रूपमा ब्रिटिस भारत भनिन्थ्यो। यि सबै भारतका प्रशासनिक क्षेत्रहरू थिए जुन ब्रिटिस इस्ट इन्डिया कम्पनी वा ब्रिटेनका प्रतिनीधीहरूको अधिकारमा सन् १६१२ देखि सन् १९४७ सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रह्यो।

सन् १६०० देखि सन् १८५८ सम्म यी क्षेत्रहरू अङ्ग्रेजी इस्ट इन्डिया कम्पनीको अधिकारमा रह्यो। सन् १८५८ देखि सन् १९४७ सम्म यी क्षेत्रहरूमाथि संयुक्त अधिराज्य सरकारको अधिपत्य रह्यो, उनीहरूले यी क्षेत्रहरूलाई भारतको प्रभारमा सुम्पेका थिए। सन् १८७७ पछि ब्रिटिस भारत ब्रिटिस भारतीय साम्राज्यको हिस्सा बन्यो, जसमा सयौं यस्ता प्रान्तहरू थिए जहाँका शासक भारतीयनै थिए तर उनीमाथि ब्रिटिस सरकारको अधिपत्य थियो यस्ता प्रान्तहरूलाई रियासत प्रदेश भनिन्थ्यो। ब्रिटिस भारतमा आजका भारत, पाकिस्तान, बङ्गलादेश तथा म्यानमार थियो।

ब्रिटिस भारतसम्पादन

औपनिवेशिक भारत
 
ब्रिटिश भारतको राजनीतिक नक्शा
डच भारत१६०४-१८२५
दानिश भारत१६२०-१८६९
फ्रेंच भारत१७५९-१९५४
पुर्तगाली भारत १५१०-१९६१
Casa da Índia१४३४-१८३३
पुर्तगाली इस्ट इंडिया कम्पनी१६२८-१६३३
ब्रिटिश भारत १६१३-१९४७
इस्ट इण्डिया कम्पनी१६१२-१७५७
भारतमा कम्पनीको शासन१७५७–१८५७
ब्रिटिश राज१८५८–
१७६५–१९४७/४८
भारतको विभाजन
१९४७

सन् १६१२ मा इस्ट इन्डिया कम्पनीले मुगल सम्राटबाट अनुमति लिएर भारतमा प्रथम स्थायी कारखानाको स्थापना गर्‍यो र अन्य युरोपेली कम्पनीहरूसँग व्यापारमा प्रतिस्पर्धा गर्न थाल्यो। १७५७ इ॰मा ब्रिटिस इस्ट इन्डिया कम्पनीले बङ्गालको नवाब सँग युद्ध गर्‍यो जसलाई पलासीको युद्ध भन्छन्। यस युद्धमा ब्रिटिस इस्ट इन्डिया कम्पनीले विजय प्राप्त गर्‍यो र विस्तारै भारतमा आफ्नो अधिपत्य कायम गर्न थाल्यो।

१९औँ शताब्दीको मध्य सम्म ब्रिटिस इस्ट इन्डिया कम्पनी भारतीय उपमहाद्वीपको ठूलो सैन्य शक्ति र ठूलो राजनीतिक शक्ति बनी सकेको थियो। पछि यस क्षेत्रहरूको दायित्व ब्रिटिस सरकारले प्राप्त गर्‍यो। सन् १८७६ देखि भारत भारतीय साम्राज्यको नामबाट जानिन थाल्यो। भारतीय साम्राज्य सिधै ब्रिटिस सरकारबाट प्रत्यक्ष रूपमा प्रशासित थियो। अरु क्षेत्रहरू पनि थियो जसमाथी ब्रिटिस सरकारको प्रत्यक्ष रूपमा अधिपत्य थिएन। यी क्षेत्रहरूमाथी स्थानीय राजाहरूनै राज्य गर्थे तर उनीहरूमाथि ब्रिटिस सरकारको नियम कानुन लागु थियो। यस्ता राज्यहरूलाई रियासत राज्य भनिन्थ्यो।

ब्रिटिस भारतले सन् १९१० सम्म भारतको एक महत्त्वपूर्ण हिस्सा माथि दुबै तरिकाबाट (क्षेत्रफल र जनसङ्ख्या) कब्जा गरी सकेको थियो। उदाहरणको लागि ५४% क्षेत्र र ७७% जनसङ्ख्या माथि कब्जा गरिसकेको थियो, यस बाहेक भारतमाथी पोर्चुगलफ्रान्सको पनि कब्जा थियो।

१९४७मा भारतले पाकिस्तान विभाजनसँगई ब्रिटिस राजबाट स्वतन्त्रता प्राप्त गर्‍यो।

रियासत सहरहरू १६००-१७६५सम्पादन

इस्ट इन्डिया कम्पनी, जुन ३१ डिसेम्बर १६०० इ॰मा शामेल भयो, भारतीय शासकहरू सँग मसुलीपटमको पूर्वी किनारमा १६११मा र सुरतको पश्चिम किनारमा १६१२ इ॰मा ब्यापार सम्बन्ध स्थापित गर्‍यो।[१] कम्पनीले मद्रासमा एक ब्यापारिक चौकी १६३९ इ॰मा भाडामा लियो।[१][१] बम्बे, जुन ब्रिटिस सरकारलाई पोर्चुगलले ब्रेगेंजाको कैथरीनलाई 1661मा दाइजोको रूपमा दिएको थियो, सरकारले ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई सुम्पी दियो।[१]

यसैबेला, पूर्वी भारतमा मुगल सम्राट शाहजहाँबाट ब्यापार गर्ने अनुमति प्राप्त गरी सके पछि कम्पनीले आफ्नो प्रथम कारखाना हुगलीमा १६४०मा स्थापित गर्‍यो।[१] लगभग आधा शताब्दी पछि सम्राट अशोकले कम्पनीलाई हुगलीबाट खदेड दियो, १६८६मा जब चार्नक द्वारा कलकत्तामा स्थापित गरियो। [१] १८ औँ शताब्दीको मध्यतिर तीन प्रमुख ब्यापारिक उपनिवेश स्थापित भयो, मद्रास रियासत वा फोर्ट सेन्ट जर्जको रियासत, बम्बे रियासतबङ्गाल रियासत वा फोर्ट विलियमको रियासत जुन सरकारद्वारा प्रशासित थियो।[२]

ब्रिटिस भारतका रियासतहरू १७६५-१८५८सम्पादन

भारतका प्रदेशहरू १८५८-१९४७सम्पादन

मुख्य प्रदेशहरूसम्पादन

साना प्रदेशहरूसम्पादन

स्वतन्त्रताको बेलाका प्रदेशहरू, १९४७सम्पादन

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन