इस्ट इन्डिया कम्पनी

इङ्गल्याण्डको इस्ट इन्डिया कम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ डिसेम्बर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज'को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ डिसेम्बर १६०० ईस्वीमा भएको थियो। यसलाई यदाकदा जोहन कम्पनीको नामले पनि जानिन्थ्यो। यसलाई ब्रिटेनकी महारानीले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन्। पछि गएर कम्पनीले भारतका प्रायः सबै क्षेत्रहरूमा आफ्नो सैनिक तथा प्रशासनिक आधिपत्य जमाए। १८५७ को प्रथम स्वतन्त्रता संग्राम अथवा सिपाही विद्रोहपछि सन १८५८ मा यसको विलय भयो।

इष्ट ईन्डिया कम्पनी
East India Company (EIC)
उद्योगको प्रकारपब्लिक लिमिटेड कम्पनी
उद्योगअन्तराष्ट्रिय व्यापार, लागू औषध तस्करी[१]
भवितव्यताGovernment of India Act 1858
स्थापना३१ डिसेम्बर १६०० (1600-12-31)
निष्क्रिय१ जुन १८७४ (1874-06-01)
मुख्य कार्यालयलण्डन, बेलायत
उत्पादन (हरू)कपास, रेसम, indigo dye, नुन, मसला, saltpetre, चिया, र अफिम
इस्ट इण्डिया कम्पनीको झण्डा

जब १४९८ ई. मा भास्को द गामाले उत्तमाशा द्वीप अथवा केप अफ गुड होप द्वारा भारतयात्राको निम्ति नयाँ समुद्री मार्ग खोजे, तब संसारको इतिहासमा एउटा क्रान्तिकारी बाटो खुल्यो। यूरोपीय देशहरूको भारत तथा पूर्वी द्वीपहरूसित प्रत्यक्ष संपर्क भयो। स्वभावत: सुदृढ नाभिक शक्तिको कारण यस मार्गमा सर्वप्रथम पोर्चुगलको एकाधिकार स्थापित भयो; परन्तु, चाँडै हलैंड र त्यसपछि इङ्गल्याण्डले पोर्चुगलको मार्गमा गतिरोध ल्याएँ। कम्पनीको विकासको साथ साथ इङ्गल्याण्डमा उसको व्यावसायिक एकाधिकारको विरुद्ध असंगठित र सुसंगठित प्रयासहरू भए। अन्तत: रानी ऐन तथा लार्ड गोडोल्फिनको मध्यस्थताद्वारा आन्तरिक विरोधहरूको समाधान भएपछि "द युनाइटेड कम्पनी अफ मर्चेट्स अफ इङ्गल्याण्ड ट्रेडिंग टु दि ईस्ट इंडीज'को रूपमा नयाँ विधानको साथ ईस्ट इन्डिया कम्पनीको पुनर्निर्माण भयो। एक प्रकारले यसैलाई कम्पनीको यथोचित श्रीगणेश भन्दा उपयुक्त हुनेछ। इस्ट इण्डिया कम्पनी (इस्ट इण्डिया ट्रेडिंग कम्पनीइङ्गलिश इस्ट इण्डिया कम्पनी पनि) संघको सन्धि (Treaty of Union) पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी एक संयुक्त स्टक कम्पनी थियो। यस कम्पनीको स्थापना शुरुमा पूर्वी इन्डिजहरू (East Indies) सँग ब्यापार गर्न खोज्ने उद्देश्यले भयेको थियो, तर त्यो ब्यापार मुख्य रूपमा भारत र चीनसँग तोडियो। पुरानो युरोपियन इस्ट इण्डिया कम्पनीहरूको नाममा धेरै समानता थियो।
ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना डिसेम्बर १६०० इ॰ मा भएको थियो। यस कम्पनीलाई यदा कदा जौन कम्पनीको नाम बाट पनि जानिन्थ्यो। यस कम्पनीलाई ब्रिटेनको महारानी एलिजाबेथ प्रथम बाट पूर्वी इन्डिजहरूसँग ब्यापार गर्ने अनुमति प्राप्त थियो।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "The Opium War", National Army Museum, अन्तिम पहुँच २९ डिसेम्बर २०१८ 

बाह्य लिङ्कहरूसम्पादन