बाह्रविसे नगरपालिका

(बाह्रबिसे नगरपालिकाबाट अनुप्रेषित)

बाह्रविसे नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो । यसको क्षेत्रफल ९६.७३ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका घोर्थली, कर्थली, बाह्रबिसे, गाती, घुमथाङ, मानेश्वाँराराम्चे गाउँ विकास समितिहरूलाई समेटेर बाह्रविसे नगरपालिका घोषणा गरिएको हो । बाह्रविसे सिन्धुपाल्चोक जिल्लाका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हो । सिन्धुपाल्चोकमा मात्रै १२ स्थानिय तह छन् । पूर्वमा दोलखा जिल्ला पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिका सँग सीमा जोडीएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकौ थली थुम्की पहाड र चुचुराहरू रहेको यो नगर हिमाली नगरपालिकाको मपदण्ड अनुसार नगरपालिका भएको हो । नेपाल चीन स्थलगत मार्ग जोडिने अरनिको राजमार्ग र दुवै तर्फ फैलिएको वडाहरूको फेदिमा रहेको भोटेकोशी नदी यसको प्रकृातिक पहिचान हो । तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसको अनेकौ एतिहासिकता जोडिएको छ । समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मको उचाई भएको भु-वनोट रहेको यस नगरपालिकाको जनसंख्या २६५३५ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेको छ । नगरपालिकाको भवन रहेको केन्द्रिय क्षेत्र बाह्रबिसे बजारको रुपमा परिचित छ भने यस बजारमा पूर्ख्यौलि नेवार जातीको बाहुल्यता रहेको छ । तर समग्र नगरपालिकाको जनसंख्यामा भने तामाङ जातीको जनसंख्या अघि देखिन्छ । ब्राम्हण, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगाएत अनेकौ जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरको आदिवाशी लोपोन्मुख जनजाती अन्तर्गत पपर्दछन ।

बाह्रविसे नगरपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ३
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा९६.७३ किमी (३७.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,७००
 • घनत्व२८०/किमी (७१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्