गाती
गाती सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गाती गाविस जिल्ला सदरमुकामबाट उत्तरपूर्वमा पर्ने गाविस हो। सदरमुकामबाट११ कोष दुरीमा अवस्थित यस गाविसको क्षेत्रफल २१.३४ वर्ग किलोमिटर छ। गाती गाविसको पूर्वमा मार्मिङ, पश्चिममा मानेश्वारा तथा घुम्थाङ, उत्तरमा लिस्तीकोट र दक्षिणमा ब्राहबिसे गाविस पर्दछ।लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा तामाङ तथा शेर्पा जातिको बाक्लोबसोबास छ। प्राय चिसो हावापानी भएको गाति गाविसको मुख्य कृषिबाली आलु धानमकै कोदो जौ फापर आदि हो। गाविसको प्रमुख आकर्षणमा तामाङ तथा शेर्पा संस्कृति, प्राकृतिक मनोरम दृश्य र अग्ला पहराहरू आउँदछन्। प्राकृतिक सुन्दरतामा धनी यस गाविसमा अन्य खनिज पदार्थ पनि पाइन्छ। गाति गासिवमा पत्रेढुङ्गा वा स्लेट ढुङ्गा पाइन्छ। वि.सं. २०५८ सालको जनगणनामा गाति गाविसमा ७४३ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३८३७ थियो।[१]
गाती | |
---|---|
देश | नेपाल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | ३,८५७ |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
सन्दर्भ सूची सम्पादन गर्नुहोस्
- ↑ "गाती", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |