घुमथाङनेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। घुम्थाङ गाँउ विकास समिति जिल्ला सदरमुकाम चौतारा देखि उत्तरपूर्वी भेगमा पर्दछ। सदरमुकामबाट ९ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ३६.०८ वर्ग किलोमिटर छ। गासिवको पूर्वमा गाती पश्चिममा हगाम, पाङताङ उत्तरमा लिस्तीकोट र दक्षिणमा मानेश्वाँरा गाविस पर्दछ। लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा औसत किसिमको हावापानी पाइन्छ। यस गाविसका मानिसहरूको प्रमुख कृषिबालीका रूपमा धान मकै कोदो हो। पशुपालन पनि यहाँका मानिसहरूको अर्को महत्त्वपूर्ण आय श्रोत हो। कृषिका साथसाथै यहाँका मानिसहरू व्यापार नोकरी तथा अन्य पेशामा संलग्न छन। घुम्थाङ गाविस सिन्धुपाल्चोक जिल्लाको पुरानो सदरमुकाम हो। घुम्थाङ गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्दछ। यस गाविसमा तामाङनेवार जातिको बाक्लो बसोबास छ। विसं २०५८ सालको जनगणना अनुसार ८२८ घरपरिवार भएको यस गाविसमा कुल जनसङ्ख्या ४४१६ छ।[१]

घुमथाङ
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु बौद्ध
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "घुमथाङ", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्