बमबहादुर राणा
बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं. १९०६ देखि १९०७ सम्म करिव १ वर्षसम्म नेपालको कार्यकारी प्रधानमन्त्री रहे। [१]
श्री बमबहादुर कुँवर राणा | |
---|---|
प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल वि.सं. १९१३ साउन १७ गते – वि.सं. १९१४ जेष्ठ ११ गते | |
एकाधिपति | सुरेन्द्र विक्रम शाह |
पूर्वाधिकारी | जंगबहादुर राणा |
उतराधिकारी | जंगबहादुर राणा |
नेपालको प्रधान सेनापति | |
पूर्वाधिकारी | जंगबहादुर राणा |
उतराधिकारी | कृष्णबहादुर राणा |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं १८७५ |
मृत्यु | वि.सं. १९१४ जेष्ठ ११ गते काठमाडौँ, नेपाल |
नाता | दाजु जंगबहादुर राणा मामा माथवरसिंह थापा |
अभिभावकs |
|
सैन्य सेवा | |
निष्ठा | नेपाल |
लडाई/युद्धहरू | तेश्रो नेपाल-भोट युद्ध |
वृत्ति
सम्पादन गर्नुहोस्कुमारीचोक
सम्पादन गर्नुहोस्जंगबहादुरले बमबहादुर कुँवरलाई कुमारी चोकको काजी बनाएका थिए।
कार्यवाहक प्रधानमन्त्री
सम्पादन गर्नुहोस्जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए।
जंगबहादुरको हत्या योजना
सम्पादन गर्नुहोस्जंगबहादुर बेलायत गएका बखतमा फर्केपछी हत्या गर्ने बद्री नरसिंह राणा र जयबहादुर राणाको योजनाको पोल उनले खोलेका थिए । जंगबहादुरको हत्या गरी उप्रेन्द्र बिक्रम शाह श्री ५ बन्ने, बमबहादुर प्रधानमन्त्री बन्ने र बद्रीनरसिंह कमान्डर इनचिफ बन्ने षडयन्त्र बनेको थियो।
तेश्रो नेपाल तिब्बत युद्ध
सम्पादन गर्नुहोस्मुख्य लेख: अन्तिम नेपाल तिब्बत युद्ध
तेश्रो नेपाल तिब्बत युद्धमा बम बहादुर कुवंरले केरूङ अभियानको नेतृत्व २५७२८ सेनाका साथ गरेका थिए । जनरल बमबहादुर र कर्णेल पृथ्वीध्वज को ३ पल्टन, १२ तोपले केरुङ कब्जा गरेको थियो।[२]
उनले मृत्युरहित विजयको गौरव प्राप्त गरेका थिए । उनले तिब्बती आक्रमण अभियानको सफलतापूर्वक साङ्गोपाङ्गो लगाएका थिए ।
प्रधानमन्त्री
सम्पादन गर्नुहोस्वि.सं. १९१३ साउन १७ गतेका दिन जङ्गबहादुरले अकस्मात् प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर भाइ बमबहादुरलाई आफ्ना उत्तराधिकारी घोषणा गरे । जंगबहादुरले राजिनामा दिएर उनी प्रधानमन्त्री भएपनि मुलुकको अख्तियार, अधिकार र आदेश जंगबहादुरकै हातमा थियो ।
जनरल बमबहादुरलाई प्रधानमन्त्रीको कार्यभारको जिम्मेवारी दिइयो, जो उनले आफ्ना मृत्युपर्यन्त भोग गरे । हुन त बमबहादुरले यसअघि पनि विभिन्न समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्मालेका थिए, तर आफ्ना कुसल र सुयोग्य दाजुको सरसल्लाह बिना उनले झिँगो पनि मार्दैनथे र मार्न सक्तैनथे पनि ।
मृत्यु
सम्पादन गर्नुहोस्वि.सं. १९१४ जेष्ठ ११ गते बमबहादुरको मृत्यु भयो । उनको मृत्यु धेरै कारणले गर्दा स्मरणीय छ । तीमध्ये केही :—
- पहिलो, जङ्गबहादुरले गैरकानुनी घोषित गरेका हुँदा उनको मृत्युपश्चात् सती जाने कोही भएन ।
- दोस्रो, प्राकृतिक मृत्युवरण गर्नेमा उनी पहिलो प्रधानमन्त्री थिए । उनीभन्दा पहिलेका सबै सरकार प्रमुखको कुनै न कुनै दुघर्टना वा षडयन्त्रमा परेर मृत्यु भएको छ ।
- तेस्रो, बमबहादुरको अन्त्येष्टि क्रिया सकिएपछि जङ्गबहादुरले प्रधानमन्त्रीको कार्यभार ग्रहण गरे, जो उनले मृतक भाइलाई दिएका थिए ।
[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपालको शाह तथा राणा वंशावली By: विष्णु प्रसाद श्रेष्ठ
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४०
- ↑ जंगबहादुरको राजिनामा गर्ने इच्छा ! वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०५ मिति