बारपाक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९८५ रहेको थियो जसमध्ये २२०४ पुरुष र २७८१ महिला रहेका थिए भने यहाँ १०६९ घरधुरी रहेको थियो।[१][२] बारपाक भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मस्थल पनि हो। पर्यटकीय आकर्षणको केन्द्र यो स्थानमा हाल होमस्टे सेवा समेत सञ्चालनमा रहेको छ। प्राचिन घनावस्ति, स्थानीय परिकारको मजा, घले जातिका सांस्कृतिक प्रस्तुति तथा आतिथ्य सत्कार यस स्थानका प्रमुख विषेशता हुन। जिल्ला सदरमुकाम गोरखाबाट करिब १८ कोष टाढा र समुन्द्र सतहदेखि १९५० मीटरको उचाईमा अवस्थित छ।

बारपाक
पूर्व गाविस
बारपाक is located in गण्डकी प्रदेश
बारपाक
नेपालको नक्सामा बारपाकको अवस्थिति
बारपाक is located in नेपाल
बारपाक
बारपाक (नेपाल)
निर्देशाङ्क: २८°००′N ८४°४३′E / २८.००°N ८४.७१°E / 28.00; 84.71निर्देशाङ्कहरू: २८°००′N ८४°४३′E / २८.००°N ८४.७१°E / 28.00; 84.71
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा जिल्ला
जनसङ्ख्या
 • जम्मा४,९८५
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
 
बारपाकको एक दृष्य
 
बारपाकको एक दृष्य

द्रव्य शाहले सत्ता हत्याउनु अघि वार्पाक एउटा घना बस्ति भएको राज्य थियो। किम्बदन्ती अनुसार राजा चङ्केल सुर्तानले एघारौँ सताब्दी तिर यो राज्य खडा गरेका थिए। द्रव्य शाहले घलेहरूलाई मित्रताको नाममा भोज आयोजना गरी रक्सी खुवाएर मातेको अवस्थामा वालुवामा लुकाएर राखेको हतियारले विनाश गरेका थिए।

२०७२ साल वैशाख १२ गते ११:५६ बजे सनिवारका दिन गएको ७.६ म्यग्निच्युड्को भुकम्पको केन्द्र बिन्दु बारपाक थियो।

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति