बाँसखर्क नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बाँसखर्क गाविस जिल्लाको मध्य पश्चिमी इलाकामा पर्दछ। यस गाविसको पूर्वमा थाम्पालधाप गाविस, भोटेनाम्लाङ गाविस , पश्चिममा पाल्चोक गाविस, किउल गाविस, उत्तरमा बरुवा गाविस र दक्षिणमा दुबाचौर तथा लागर्चे गाविसहरू पर्दछन्। पाल्चोक थुम अन्तर्गक पर्ने यस गाविसमा चिसो हावापानी पाइन्छ। यस गाविसमा तामाङ तथा नेवार जातिहरूको बाक्लो बसोबास छ। यस गाविसका अधिकांश जनताहरू घरेलु उद्योग, खेती, पशुपालन तथा अन्य पेशमा संलग्न छन्। यस गाविस हरियो वनको लागि निकै धनी मानिन्छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालको साक्षरता दर २४, कुल घरपरिवार संख्या ५६३ र कुल जनसङ्ख्या २६४९ थियो। [१]

बाँसखर्क
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "बाँसखर्क", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्