बराम जाति नेपालमा बसोबास गर्ने एक जाति हो। नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिहरूमध्ये अतिसीमान्तकृत समूहमा पर्ने यो जाति नेपालको गोरखा जिल्लाको मूल आदिवासी हुन्।[] यिनीहरूको आफ्नै जीवन पद्धति, रहनसहन, भाषा, संस्कृति र सामाजिक मूल्य तथा मान्यताहरू रहेको छ।[]

बराम जातिलाई सूचकको रूपमा बराम र बरामु शब्दको प्रयोग गरिएको पाइन्छ। यो जाति नेपालको गोरखा जिल्ला, धादिङ जिल्ला, तनहुँ जिल्ला, मकवानपुर जिल्ला, चितवन जिल्ला, नुवाकोट जिल्ला, ललितपुर जिल्ला, नवलपरासी जिल्ला, बारा जिल्लासर्लाही जिल्लामा बसोबास रहेको छ।[][] यिनीहरूको मूलथलो गोरखा रहेपनि बसाइँसराइको क्रममा यो जातिका मानिसहरू नेपालको अन्य जिल्लाहरू पुगेका हुन्। बरामहरूको कुलदेवता चण्डी, भूमे, वनदेवता लगायतका देवीदेवताको पूजा अर्चना गर्छन्।[] बराम जातिले मादल, खैँजडी, मुरली, झुरूम्मा, ढ्याङग्रो प्रयोग गर्दछन् ।[]

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "बराम जातिको विशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्माण गर्न सर्वोच्चको आदेश", सार्वजनिक (नेपालीमा), २०१९-०७-०४, अन्तिम पहुँच २०२०-०९-०३ 
  2. "आदिवासी जानजाति -बराम", इन्डिजेनस भ्वाइस (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२६ मिति
  3. "बराम जातिको जनजीवन", संकल्प खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२८ मिति
  4. "भाषा बचाउन ट्युसन", भाषा बचाउन ट्युसन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-०३ 
  5. "बराम जातिका सामाजिक संस्कारहरू", तरुण खबर (नेपालीमा), २०१७-०८-१४, अन्तिम पहुँच २०२०-०९-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१८ मिति
  6. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा", गोरखापत्र (नेपालीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्