नेपालको उपराष्ट्रपतिय निर्वाचन, २०७९

नेपालको उपराष्ट्रपतिय निर्वाचन, २०७९ नेपालमा राजतन्त्रको अन्त्य भएपछि तेस्रो उपराष्ट्रपति छान्नको लागि वि.सं. २०७९ चैत्र ३ मा निर्वाचन भएको थियो। वि.सं. २०७२मा भएको उपराष्ट्रपति निर्वाचनबाट राष्ट्रपति बनेका नन्दकिशोर पुनको कार्यकाल वि.सं. २०७९ चैत्र ३ मा सकिएको थियो। नेपालको संविधानमा भएको संवैधानिक व्यवस्था बमोजिम दुई कार्यकालको लागि मात्र एक व्यक्ति राष्ट्रपति बन्न सक्ने प्रावधान रहेको छ।

नेपालको उपराष्ट्रपतिय निर्वाचन, २०७९

← २०७४ वि.सं. २०७९ चैत्र ३ २०८४ →
दर्तावाल मतदाता८८१
 
उम्मेदवार राम सहाय यादव अष्टलक्ष्मी शाक्य ममता झा
दल जसपा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) जनमत पार्टी
चुनावी मत ३०,३२८ १६,३२८ २,५३७
प्रतिशत ६१.५९% ३३.१६% ५.१५%

अघिल्लो निर्वाचनमा निर्वाचित उपराष्ट्रपति

नन्दकिशोर पुन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

निर्वाचित उपराष्ट्रपति

राम सहाय यादव
जसपा

नेपालको संविधानको धारा ७० ले समान लिङ्ग वा समुदायको राष्ट्रपति तथा उपराष्ट्रपति हुन निषेध गरेको र खस आर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेको हुँदा गैर खस आर्य जातिका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गर्न पाएका थिए।

चयन प्रक्रिया सम्पादन गर्नुहोस्

नेपालको उपराष्ट्रपति निर्वाचक मण्डलका सबै सदस्यहरूको बहुमतबाट निर्वाचित हुने गर्दछ। यदि कुनै पनि उम्मेदवार निर्वाचित हुन नसकेको खण्डमा पहिलो चरणको शीर्ष दुई उम्मेदवारहरू बीच समान बहुमत अन्तर्गत दोस्रो चरणको निर्वाचन आयोजित गर्ने गरिन्छ। पछिल्ला मतहरूमा खाली, अवैध र अनुपस्थित मतहरू सहित कुल मत हुने भएकाले, यो सम्भव छ कि पहिलो र दोस्रो चरणमा कुनै पनि उम्मेदवारहरू निर्वाचित हुन सक्दैनन्। त्यसपछि दोस्रो चरणमा भए जस्तै सोही उम्मेदवारहरू बीच तेस्रो निर्वाचन हुन सक्छ। वैध मतको बहुमत प्राप्त उम्मेदवार त्यसपछि उपराष्ट्रपति निर्वाचित हुन्छ।[१]

नेपालको संविधान २०७२को भाग ६, धारा ६४ ले उपराष्ट्रपति पदका लागि निम्न योग्यताहरू तोकेको छ:

  1. देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका लागि योग्य हुनेछः–
    • सङ्घीय संसदको सदस्य हुन योग्य भएको,
    • कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको, र
    • कुनै कानूनले अयोग्य नभएको।
  2. उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन।

निर्वाचन तालिका सम्पादन गर्नुहोस्

निर्वाचन आयोगले वि.सं. २०७९ माघ १६ गते उपराष्ट्रपति पदको निर्वाचनको कार्यतालिका घोषणा गरेको थियो।[२][३]

उपराष्ट्रपति निर्वाचन तालिका
१० फागुन प्रारम्भिक मतदाता नामावली प्रकाशन
१० - १२ फागुन मतदाता नामावलीमा दाबी र छानबिन
१२ फागुन अन्तिम मतदाता नामावली प्रकाशन
२७ फागुन उम्मेदवारहरूको मनोनयन
२७ - २८ फागुन मनोनयनमा छानबिन
२८ फागुन उम्मेदवारीको अन्तिम नामावली प्रकाशन
३ चैत 'चुनावको मिति'

निर्वाचक मण्डल सम्पादन गर्नुहोस्

वि.सं. २०७९ मा ८८१ सदस्यहरू सम्मिलित निर्वाचक मण्डल बनाइएको थियो, जसमध्ये ३३१ सङ्घीय संसद र ५५० प्रदेश सभासदहरू रहेका थिए। यिनीहरू प्रत्येकको मतको मतभार क्रमशः ७९ र ४८ रहेको थियो।[४]

निर्वाचक मण्डल संरचना सम्पादन गर्नुहोस्

दल प्रतिनिधि सभा राष्ट्रिय सभा प्रदेश सभा कुल मतदाता

नेपाली कांग्रेस ८८[क] १० १७५ २७३

नेकपा एमाले ७९ १८ १६२ २५९

नेकपा (माओवादी) ३१ १६ ८५ १३२

नेकपा एस १० २५ ४३

राष्ट्रिय प्रजातन्त्र पार्टी १४ २८ ४२

जनता समाजवादी पार्टी ११ २३ ३७

जनमत पार्टी १६ २२

राष्ट्रिय स्वतन्त्र पार्टी १९ १९

लोकतान्त्रिक समाजवादी पार्टी १२ १७

नागरिक उन्मुक्ति पार्टी १२ १६

नेपाल मजदुर किसान पार्टी

राष्ट्रिय जनमोर्चा
नेपाल समाजवादी पार्टी

हाम्रो नेपाली पार्टी

स्वतन्त्र राजनीतिज्ञ
कुल २७२[ख] ५९ ५५० ८८१

निर्वाचक मण्डल मत महत्व संरचना सम्पादन गर्नुहोस्

राजनीतिक दल प्रतिनिधि सभा राष्ट्रिय सभा प्रदेश सभा कुल मतदाता प्रतिशत

नेपाली कांग्रेस ६,९५२ ७९० ८,४०० १६,१४२ ३०.७२

नेकपा एमाले ६,२४१ १,४२२ ७,७७६ १५,४३९ २९.३८

नेकपा (माओवादी) २,४४९ १,२६४ ४,०८० ७,७९३ १४.८३

नेकपा एस ७९० ६३२ १,२०० २,६२२ ४.९९

राष्ट्रिय प्रजातन्त्र पार्टी १,१०६ १,३४४ २,४५० ४.६६

जनता समाजवादी पार्टी ८६९ २३७ १,१०४ २,२१० ४.२१

राष्ट्रिय स्वतन्त्र पार्टी १५०१ १,५०१ २.८६

जनमत पार्टी ४७४ ७६८ १,२४२ २.३६

लोकतान्त्रिक समाजवादी पार्टी ३१६ ७९ ५७६ ९७१ १.८५

नागरिक उन्मुक्ति पार्टी ३१६ ५७६ ८९२ १.७०

नेपाल मजदुर किसान पार्टी ७९ १४४ २२३ ०.४२

राष्ट्रिय जनमोर्चा ७९ ७९ ४८ २०६ ०.३९
नेपाल समाजवादी पार्टी ७९ ९६ १७५ ०.३३

हाम्रो नेपाली पार्टी ९६ ९६ ०.१८

स्वतन्त्र राजनीतिज्ञ २३७ १५८ १९२ ५८७ १.१२
जम्मा २१,४८८ ४,६६१ २६,४०० ५२,५४९ १००

उम्मेदवार सम्पादन गर्नुहोस्

जनता समाजवादी पार्टी, नेपाल सम्पादन गर्नुहोस्

उम्मेदवार जन्म हालको वा अघिल्लो पदहरू प्रदेश घोषणा सन्दर्भ

राम सहाय यादव
(1970-07-24) २४ जुलाई १९७० (उमेर ५३)
बारा, मधेश
मधेश वि.सं. २०७९ फागुन २५ [५]

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सम्पादन गर्नुहोस्

उम्मेदवार जन्म हालको वा अघिल्लो पदहरू प्रदेश घोषणा सन्दर्भ

अष्टलक्ष्मी शाक्य
(1953-09-30) ३० सेप्टेम्बर १९५३ (उमेर ७०)
काठमाडौँ, बागमती
बागमती वि.सं. २०७९ फागुन २७ [६]

जनमत पार्टी सम्पादन गर्नुहोस्

उम्मेदवार जन्म हालको वा अघिल्लो पदहरू प्रदेश घोषणा सन्दर्भ

ममता झा
सन् १९६८

मधेश

अनुपलब्ध मधेश वि.सं. २०७९ फागुन २७ [७]

नतिजा सम्पादन गर्नुहोस्

नतिजा[८][९]
उम्मेदवार राजनीतिक दल मत कुल मत %
सङ्घीय प्रादेशिक जम्मा
राम सहाय यादव जसपा, नेपाल १८४ ३२९ ५१३ ३०,३२८ ६१.५९
अष्टलक्ष्मी शाक्य नेकपा (एमाले) १०४ १६९ २७३ १६,३२८ ३३.१६
ममता झा जनमत २३ १५ ३८ २,५३७ ५.१५
प्रमिला यादव (फिर्ता) जसपा, नेपाल ४८ ०.१०
वैध मतहरू ३११ ५१४ ८२५ ४९,२४१ ९९.५२
खाली मतहरू १९२ ०.४८
कुल ३११ ५१८ ८२९ ४९,४३३ १००
दर्ता मतदाता / मतदान ३३१ ५५० ८८१ ५२,५४९ ९४.१०

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

टिप्पणीहरू सम्पादन गर्नुहोस्

  1. १ निलम्बित सांसद बाहेक
  2. २ खाली सिट र १ निलम्बित सांसद बाहेक

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "भाग–६ राष्ट्रपति र उपराष्ट्रपति", नेपाल कानुन आयोग, अन्तिम पहुँच १३ फागुन २०७९ 
  2. "राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा", निर्वाचन आयोग (नेपाल) (नेपालीमा), ३० जनवरी २०२३, अन्तिम पहुँच ५ मार्च २०२३ 
  3. "यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिकाे निर्वाचन तालिका", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३ 
  4. "राष्ट्रपति पदमा रामचन्द्र र सुवासचन्द्रबीच प्रतिष्पर्धा हुने", न्युज अफ नेपाल, अन्तिम पहुँच २०२३-०२-२६ 
  5. Republica, "Supporting Ram Sahay, Pramila Yadav withdraws her candidacy for vice presidency", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-१६ 
  6. diwakar (२०२३-०३-११), "Vice presidential election: UML fields Asta Laxmi Shakya as the ruling alliance prepares multiple nominations - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२३-०३-१६ 
  7. Republica, "Mamata Jha is Janamat Party's candidate for vice president", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-१६ 
  8. https://kathmandupost.com/national/2023/03/17/ram-sahay-prasad-yadav-elected-vice-president
  9. Republica, "Yadav elected as Nepal’s new Vice President", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मार्च २०२३ .