नुम्बुर नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।[] नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिणपश्चिममा सगरमाथाजनकपुर अञ्चलको सिमानामा अवास्थित छ।

नुम्बुर
दुलालथोकबाट देखिएको नुम्बुर हिमाल
सर्वोच्च विन्दु
उचाइ६,९५८ मी (२२,८२८ फिट)[]
प्रमुखता१,२३८ मी (४,०६२ फिट)[]
निर्देशाङ्क२७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°E / 27.754446; 86.573074निर्देशाङ्कहरू: २७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°E / 27.754446; 86.573074
नामकरण
नामको भाषानेपाली
भूगोल
नुम्बुर is located in नेपाल
नुम्बुर
नुम्बुर
नेपालको नक्समा
स्थाननेपाल
हिमशृङ्खलारोल्वालिङ हिमाल
आरोहण
पहिलो आरोहणजेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पाद्वारा १४ अक्टुबर १९८१ मा
सबैभन्दा सजिलो मार्गहिउँको ढलान

आरोहण इतिहास

सम्पादन गर्नुहोस्

२९ मे १९६३ मा जापानी आरोहण दलका सदस्यहरू हिरोसी मात्सुओ तथा मिङ्मा छिरिङले नुम्बुर हिमालको आरोहणको पहिलो प्रयास गरे।[]

अक्टुबर १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले दक्षिणपश्चिमी ढलानबाट आरोहण गरे। यो समूहका जेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पा १४ अक्टुबरमा चुचुरोमा पुगे भने हेनरिक लारोचे, जेन-फ्राङ्कोइस ले क्वाङ र फिलिपे भेराक १७ अक्टुबरमा चुचुरोमा पुगे।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ "Numbur", peakvisor.com, Peak Visor, अन्तिम पहुँच १० फेब्रुअरी २०२१ 
  2. MAKATO, NUMATA, "ASCENT OF MOUNT NUMBUR", www.himalayanclub.org, The Himalayan Journal, अन्तिम पहुँच १० फेब्रुअरी २०२१ 
  3. "ASIA, NEPAL, NUMBUR", publications.americanalpineclub.org, American Alpine Club, अन्तिम पहुँच १० फेब्रुअरी २०२१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्