हिमशृङ्खला

हिउँले ढाकिएको पहाडका चुचुराहरूको शृङ्खला अर्थात लहरहरूलाई नै हिमशृङ्खला भनिन्छ । एउटा हिमशृङ्खलामा हिमालहरूको लहर हुन्छ, जुन एकआपसमा टाँसिएको हुन्छ र यिनीहरूलाई खोंच तथा घाटीहरूले एकअर्काबाट विभाजित गर्दछ । यो निश्चय पनि आवश्यक छैन कि एउटा हिमशृङ्खलाभित्र पर्ने सम्पूर्ण हिमालहरूको भूविज्ञान(सङ्गठन) एकै समान होस् तर लगभग एकजस्तै हुन्छ । महालङ्गुर हिमशृङ्खलामा पृथ्वीको सतहमा अवस्थित संसारका केही सर्वोच्च हिमशृङ्खलाहरु रहेका छन् । जसमा सगरमाथा पनि रहेको छ । एण्डिज पृथ्वीको सतहमा रहेको विश्वको सबैभन्दा लामो पर्वतमाला रहेको छ । सबैभन्दा लामो पर्वतमाला वास्तवमा मध्य एटलान्टिक पर्वतश्रेणी हो, जसको फैलावट एटलान्टिक महासागरको बीचमा रहेको छ ।[१] आर्कटिक कार्डिलेरा विश्वको सबैभन्दा उत्तरमा स्थित पर्वतमाला हो जसमा पूर्वी उत्तरी अमेरिकाको केही उच्च हिमालहरू समाहित रहेको छ ।

हिमशृङ्खला
Everest North Face toward Base Camp Tibet Luca Galuzzi 2006 edit 1.jpg
चीनको स्वशासित क्षेत्र तिब्बत तर्फबाट देखिएको सगरमाथाको उत्तरी मोहोडा
स्थान
Country भुटान

सन्दर्भ सामग्रीसम्पादन

  1. Thorpe, Edgar (२०१२), The Pearson General Knowledge Manual, Pearson Education India, पृ: A-३६। 

यी पनि हेर्नुहोससम्पादन