नागडाँडा कास्की जिल्लाको उत्तर पश्चिममा अवस्थित नमूना गाविस ढिकुरपोखरी को एक सानो सुन्दर गाउँ हो । सिम्पली, लिवाडे, सेराचौर र ढिकुरपोखरी यसका छिमेकी अन्य सुन्दर गाँउ हुन् । यो गाउँ योगेन्द्रमान सेरचन राजमार्गको नजिक पर्छ ।

नागडाँडा
नागडाँडाबाट माछापुच्छ्रे हिमालको मनोरम दृश्य
नागडाँडाबाट माछापुच्छ्रे हिमालको मनोरम दृश्य
देश नेपाल
अञ्चलगण्डकी
जिल्लाकास्की
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मालगभग ५०००
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी कोड
३३७११[१]

विकास सम्पादन गर्नुहोस्

नेपालकै एक विकासित दालितबस्ती पनि यहाँ छ। नेपाल युवा क्लब समग्र नागडाँडाको हितको लागि स्थापना भएको संस्था हो । यसले अहिले ढिकुरपोखरी गाविस अन्तर्गत वडा नं २ र ३ नागडाँडामा आफ्नो उत्साहशील काम गरेको छ । यहाँको अर्को संस्था दलित टोल विकास समूह ले २०७० मा गाय जोसेफ तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा बाल विकास केन्द्र ढिकुरपोखरी २ मा स्थापना गर्यो ।[स्रोत नखुलेको]

शिक्षा सम्पादन गर्नुहोस्

यहाँ सरकारी र निजि क्षेत्रबाट सञ्चलित मात्र दुई ओटा स्कुल छन्। महेन्द्र प्रा बि निकै पुरानो स्कुल हो। यस विद्यालयमा एकीकृत नेकपा माओवादीका बर्तमान अध्यक्ष प्रचण्ड पनि पढेका थिए। त्यसै गरी यहाँ न्यु भिजन एकेडेमी पनि छ। यहाँ ५ कक्षा सम्म पढै हुन्छ। मोर्निङ स्टार उच्च मा बि ले नागडाँडाको शिक्षाको स्तरमा कायापलट ल्यायो । माछापुच्छ्रे मा बि र क्याम्पसको नागडाँडाको साक्षरता वृद्धि गर्नको भुमिका सराहनिय छ।

आर्थिक सम्पादन गर्नुहोस्

नागडाँडाका धेरै जसो युवाहरु नेपाल बाहिर छन्। धेरै घरपरिवार यहाँ रेमिटान्सले चलेका छन्। कतिपय काठमाडौँ पोखरामा साना तिना देखि ठुलो व्यापार गर्छन्। स्थानीय भने कृषि र दोकान गरेका छन्। वि सं २०६८ मा यहाँ पोखराको पहिलो विकास बैङ्क सिटी डेभलपमेन्ट बैङ्क लिमिटेड स्थापना भयो। त्यसै गरी २०७० मा धनुष ॠण तथा सहकारी खुल्यो। त्यसै गरी २०७१ को उत्तरवर्ध तिर सृजना बैङ्किङ कार्यक्रम आयो।

परिदृश्य सम्पादन गर्नुहोस्

प्राकृतिक हिसाबमा पनि यो ठाउँ अत्यन्त मनमोहक छ । माछापुच्छ्रे हिमालको दुई वटा काप यहाँबाट हेर्न सकिन्छ। फेवाताल पनि यहाँबाट नियाल्न सकिन्छ। बिहानको सूर्यादय हेर्न भिउटप छ। पञ्चासेदेखि थुमकाको रमाइलो वातावरण नियाल्न नागडाँडा आउनै पर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्