ढिकुरपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३१८ रहेको थियो जसमध्ये ३२८८ पुरुष र ४०३० महिला रहेका थिए भने यहाँ १८८० घरधुरी रहेको थियो।[] अधिकारी डाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी दारेगौंडा, काँडे ,पाउँदुर,सेराचौर, रयाले आदि यस गाविसका प्रमुख गाउँहरू हुन। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुरकोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक एवम् पर्यटकीय स्थलहरू हुन।[] यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।

ढिकुरपोखरी
पूर्व गाविस
ढिकुरपोखरी is located in गण्डकी प्रदेश
ढिकुरपोखरी
नेपालको नक्सामा ढिकुरपोखरीको अवस्थिति
ढिकुरपोखरी is located in नेपाल
ढिकुरपोखरी
ढिकुरपोखरी (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा२३.०१ किमी (८.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७,३१८
 • घनत्व३२०/किमी (८२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

यसको साविकका १-३ वडाहरू अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ हो भने ४,९ वडाहरू वडा नम्बर २ र ५-८ वडाहरू वडा नम्बर ३ हो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्