घुसेल
(धुसेलबाट अनुप्रेषित)
घुसेल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५१० रहेको थियो जसमध्ये ७४३ पुरुष र ७६७ महिला रहेका थिए भने यहाँ ३०८ घरधुरी रहेको थियो।[१][२] यो हाल बागमती गाउँपालिकामा पर्दछ।
घुसेल | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°Eनिर्देशाङ्कहरू: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १,५१० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
नामाकरण
सम्पादन गर्नुहोस्घुसेल गाउँको नाम नेपालको सरकारी तथा अन्य लेखौटहरूमा गलत तरिकाले धुसेल, बुसेल, गुसेल आदि लेखिएको वा टिपोट गरिएको पाईन्छ । घुसेलको वास्ताविक अर्थ तामाङ समुदायमा यसरी रहेको पाईन्छ । तामाङ भाषामा देव-देवीलाई "क्हु, कू, ला-कू" भन्ने गरिन्छ । अनुहार वा मुख लाई "स्ह्यल, स्यल" । यसरी देवताको अनुहार जस्तो ठाउँ भनि नामांकन गरी क्हुस्यलबाट अपभ्रंश भई हालको "घुसेल" रहेको बुझिन्छ । अझै पनि गाउँको छिमेकी जिल्लाका तामाङहरु घुसेल नभनि क्हुसेल भन्ने गरिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति