दोलालघाट
दोलालघाट नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक गाँउ विकास समिति हो। इन्द्रावती र भोटे कोशीको दोभान नजिककाठमाडौँ देखि ५६ कि.मि. (१६ कोष ) पूर्व रहेको बजार क्षेत्रको परिचय दोलालघाटबाट भएको छ। यो क्षेत्र समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित छ।
दोलालघाट | |
---|---|
![]() दोलालघाट | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
उन्नतांश | ३५० मिटर (११५० फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | २२३७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
अरनिको राजमार्गको निर्माणले थप मद्दत पुर्याए तापनि दोलालघाटको ब्यापारिक महत्त्व अघिदेखिकै हो। अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको छ। हुन त राजमार्गकै केही दूरीमा बलेफी, बाह्रबिसे र लामोसागूँमा बजार नभएको र तिनको ब्यापारिक प्रभाव नपरेको अवश्य होइन। प्रस्तावित दोलालघाट-धनकुटा राजमार्ग एवं दोलालघाट-चौतारा सडकको पनि संगमस्थल भएकाले अझ बढी महत्त्व थपिएको छ।[१]
भूगोलसम्पादन
यो ठाउँको अक्षांश र देशान्तर हो 27.65° N 85.7° E।[२] समुद्र सतह भन्दा यो ठाउँ ६५० मिटर (२१३२ फुट) माथि पर्दछ।
जनसङ्ख्यासम्पादन
नेपालको सन् २००१को जनगणना अनुसार दोलालघाटको जनसङ्ख्या २२३७ छ।[३] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "जिल्ला झलक", ddckavre.gov.np।
- ↑ "Dolalghat", Falling Rain Genomics, Inc, अन्तिम पहुँच सेप्टेम्बर २८।
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८।
बाह्य कडीहरूसम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |